Logo

प्रचण्डका घरबेटी सारदा प्रसाद अधिकारीले ठेक्का लिएर अलपत्र पारेका आयोजनाहरु

काठमाडाैं । नागढुङ्गा कंलकी सडक खण्डमा यात्रा गर्ने हरेक यात्रुले सोच्ने एउटै कुरा हो, यो सडक निर्माण कहिले सम्पन्न होला र आनन्दसँग यात्र गर्न पाइएला । अझै सबैले खोज्ने भनेको यात्रुलाई सास्ती हुने सडक निर्माणको जिम्मा लिने को होला भनेर । यो सडक निर्माण गर्ने जिम्मा लिएको अाफुलाइ देशकै नम्बर एक निर्माण कम्पनी दावी गर्ने शैलुङ कन्सट्रक्सनकाे हो ।

यो सडकका विभिन्न भाग छुट्याएर अन्य निर्माण कम्पनीहरुसँग शैलुङ कन्सट्रक्सनले जोइन्टभेन्चर कम्पनीसँग सहकार्य गरे पनि मुख्य जिम्मेवार भने शारदा अधिकारीको शैलुङ कन्सट्रक्सन नै हो । अधिकारी यति शक्तिशाली व्यक्ति हुनकी उनले तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई घरमै बोलाई लन्च र डिनर मिटिङ गराए । अहिले पनि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल अधिकारीको खुमलटारको घरमा भाडामा बसेका छन् ।

अब कलंकी नागढुंगा बाटोको कुरा गरौ । कलंकीदेखि ३ किलोमिटर अघिसम्मको सडक शर्मा शैलुङ कान्छाराम जेभीले २०७४ असोज सम्म निर्माण सक्नु पर्ने थियो । यसपछिको तीन किलोमिटर सडक लुम्बिनी शैलुङ साप जेभीले जिम्मा लिएको छ । नागढुंगातर्फको सडक शर्मा शैलुङ कान्छाराम जेभीले निर्माण गर्दैछ । यो सबै काम ढिलासुस्त हुनुको दोष निर्माण कम्पनी राज्यका निकाय र सर्वसाधारणको अवरोध देखाउँछ ।

यस्तै ललितपुरको ढोलाहिटी सुनकोठी चापागाउँ हुँदै लेले सडक, कमल विनायकबाट भत्केकोपाटी हुँदै नगरकोट जाने बाटो, भक्तपुरको बिष्णु कुण्डली सिद्धीकाली सडकमा पनि शैलुङसँगै, वनस्थली बालाजुचौकी हुँदै बोहराटार सडकखण्ड, गोपीकृष्ण हलदेखि कपनसम्म धोबीखोला करिडोर निर्माणको काम पनि शैलुङ कन्सट्रक्सनले लिएको छ ।

ठुलो राजनीतिक संरक्षण पाएका शारादा अधिकारीको कन्सट्रक्सन कम्पनिले कुनै काम समयमा पुरा गरेको छैन ।अधिकारीको शैलुङ कन्ट्रक्सनले मेलम्ची खानेपानी आयोजनाको पाइप हालेपछि सडक पुर्नेदेखि सडक बनाउनेसम्म दर्जनौं ठेक्का पाएको छ । उपत्यकाका धेरै आयोजनको जिम्मा लिएको शैलुङले कुनै पनि आयोजना तोकिएको समयमा निर्माण सम्पन्न गरेको रेर्कड छैन ।

प्रतिक्रिया दिनुहोस्