Logo

प्रदेश नं. २ का पुरुष सांसदमाथी महिला सांसदले दरिलो झापड हानेपछि….भयो बबाल

प्रदेशसभा सदस्यबीच चलेको झापड काण्डले प्रदेश नम्वर २ नेकपाको संसदीय दलमा विवाद भएको छ । आज धनुषाका प्रदेशसभा सदस्य किशोरी साहलाई महोत्तरीकी प्रदेशसभा सदस्य मन्जु यादवले झपड हानेकी छिन् । आफुमाथी झापड हान्ने मन्जु यादवलाई कारवाही गर्न किशोरीले माग गरेका छन् ।

‘मलाई गरीब महिला भनेर हेप्ने र सुन्नै नसक्ने अपशब्द प्रयोग गर्ने ? दलको नेतासँग सवाल जवाफ भइरहेका बेला किशोरी साह आएर तँ बकबक गर्दैछेस, अब पनि बोलिस् भने २ झापट हान्छु भने । मैले झापड भनेको के हो ? भन्दै एक झापड हानेर देखाएकी हुँ ।’

तर आफ्नै सहकर्मी माथी झापड हान्ने मञ्जुले प्रदेशसभा संसदीय दलका नेता सत्यनारायण मण्डलको उक्साहटमा आफूमाथि दुव्र्यवहार भएको बताएकी छिन् ।नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मण्डल र किशोरी साहले आफूलाई अपशब्द प्रयोग गरेको उनको आरोप छ । आफुमाथी भएको अपमान सहन नसकेर प्रतिवाद गरेको उनको भनाइ छ ।

प्रदेशसभा भवनभित्र रहेको नेकपा संसदीय दलको कार्यालयमै भएको यो घटनापछि मण्डल र साह बाहिरिएका थिए । नीति तथा कार्यक्रममा आफ्ना कुरा समावेश गर्न कम्प्युटर अपरेटरसँग कुरा भइरहेका बेला मण्डल आएर आफूलाई गालीगलौज गरेको उनले बताइन् ।

‘मलाई गरीब महिला भनेर हेप्ने र सुन्नै नसक्ने अपशब्द प्रयोग गर्ने ? दलको नेतासँग सवाल जवाफ भइरहेका बेला किशोरी साह आएर तँ बकबक गर्दैछेस, अब पनि बोलिस् भने २ झापट हान्छु भने । मैले झापड भनेको के हो ? भन्दै एक झापड हानेर देखाएकी हुँ ।’

प्रदेशसभा सदस्य महतोले भने आफूले कुनै अपशब्द नबालेको दाबी गरे । पार्टीका नेता मण्डलमाथि जभाथावी बोलेपछि आफूले ‘नेतासाग बोल्ने तरिका यही हो’ भन्दै सांसद यादवले हात उठाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्