Logo

किरण केसी जसले कन्यादान दिए उनैसंग विपना थापाको सम्बन्ध विग्रियो ! (भिडियो)

दश बर्ष अघि भारत यूपि स्थित मथुरा जिल्लाका एक धनाढ्य व्यवसायी एवं नेता आशुतोष भारद्धाजसंग विवाह बन्धनमा बाधिए पछि फिल्म नगरीबाट टाढा हुन पुगेकी हिरोइन विपना थापा यति खेर नेपाल आएकी छिन् । बेला बेलामा नेपाल आईराख्ने विपनासंग हामीले यो पटकको भेटमा विशेष अन्र्तवार्ता पनि लिएका छौ । सानैमा पिता गुमाएकी विपनाको विवाह मधुरामै भएको थियो जुन विवाहमा कन्यादान दिने पिता बनेर कलाकार किरण केसी पुगेका थिए । तर विडम्बना कन्यादान दिने पितासंग विपनाको पछिल्लो समय राम्रो सम्बन्ध छैन ।

फिल्म नगरीमा सक्रिय रहदा किरण केसीको घरमै बस्ने विपनाको धर्म पितासंग किन सम्बन्ध विग्रियो भन्ने गहकिलो प्रश्न सहित उनका अन्य गोप्य प्रसंगहरुलाई पनि कोट्याउँने प्रयाश गरेका छौ हामीले ।केही घोचिलो, केही जोशिलो अनि केही रमाईलो प्रश्नहरुका साथ विपना थापासंग गरिएको कुराकानीमा उनले आफ्नो प्रेम सम्बन्धले कसरी विवाहको रुप लियो भन्ने बिषयमा पनि रोचक कथा खुलाएकी छिन् । जहाँ उनले भनेकी छिन् श्रीमानको अपहरणनै भयो अनि के भयो के भयो । थप जानकारीको लागि भिडियो :-

प्रतिक्रिया दिनुहोस्