Logo

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन : तपाईको आजको राशिफल : २०७५ साल जेठ २४ गते बिहिवार

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन : तपाईको आजको राशिफल : २०७५ साल जेठ २४ गते बिहिवार

मेष

प्रातकाल थोरै अनुकुल देखिए पनि दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । आफन्तजनबाट सहयोग पाईने छैन । अवसर गुम्न सक्छ ।

बृष

काममा देखिएका समस्या समाधान भएर जाने छन् । कुरा काट्नेहरु सहयोगको हात फैलाउन पछि पर्ने छैनन् । सामाजिक क्षेत्र लगाएतका ठाँउबाट मान सम्मान मिल्ने छ । नोकरीमा पनि राम्रै देखिन्छ ।

मिथुन

काममा विस्तारै प्रगति हुनेछ । व्यापार व्यवसायमा सामान्य प्रगति हुनेछ । मानसिक तनावमा कमि आउनेछ । यात्राको सम्भावनालाई भने नकार्न सकिन्न । प्रतिष्ठा बढ्नेछ ।

कर्कट

आफुले चाहे जस्तो काम गर्ने बातावरण मिल्ने छैन । आन्तरिक भन्दा बाह्य कुरामा बढि चासो बढ्नेछ । गरेका काम पनि विवाद रहित देखिदैन । अनावस्यक खर्च बढ्ने छ ।

सिंह

उद्योग,धन्दा बन्द व्यापारमा देखिएका सम्भावना क्षिण भएर जानेछन् । मानसिक तनाव बढ्नेछ । व्यवसायिक लगानी नबढाउनु होला । लेनदेन कारोवारमा समस्या आउन सक्छ ।

कन्या

नयाँ कामको अवसर आउनेछ । उद्योग धन्दा बन्द व्यापारमा सुधारका संकेत देखिनेछन् । पारिवारिक सहयोगमा काम अगाडि बढ्नेछन् । गरेका काम सफल हुनेछन् ।

तुला

विरोधीको सक्रियताले काममा अप्ठ्यारो पर्न सक्छ सजग भएर गर्नु होला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । पढाई लेखाईको चिन्ताले सताउने छ । बाहिरी काम बढि हुने देखिन्छ ।

बृश्चिक

दिन मध्यम खालको देखिन्छ । यात्रामा कठिनाई आउने छ । घरयासी खर्च वृद्धिले आर्थिक स्थिति कमजोर बन्ने छ । काम गर्ने जोश जागर घट्ने छ । मनमा एक प्रकारको चिन्ता रहि रहला ।

धनु

उद्योग,पराक्रम घट्नेछ । व्यापार व्यवसायमा देखिएका सम्भावना क्षिण भएर जानेछन् । अरुको सहयोगमा काम गर्ने बातावरण मिल्ने छैन । घरयासी समस्या बढ्नेछन् ।

मकर

कार्य लगनशिलता बढ्नेछ । नयाँ कामको अवसर आउनेछ । गरेका काम अधिकाँश सफल हुने छन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुने छ । भ्रमलाई चिर्नु होला ।

कुम्भ

आर्थिक कारोवार गर्दा विचार पु¥याउनु होला नत्र धन डुब्न सक्छ । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ ।

मीन

प्रातकाल थोरै प्रतिकुल देखिए पनि मध्यान्ह पछि भने समयमा सुधार आउनेछ । रोकिएका कामले गति लिनेछ । व्यापार व्यवसायमा पनि क्रमिक सुधार आउनेछ । आम्दा्नी बढ्नेछ ।
प्रतिक्रिया दिनुहोस्