Logo

ब्रेकिङः फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने

कांग्रेसको असहमतीका कारण फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने भएका छन् । कांग्रेस सांसदले निलम्वन शब्द राखिए संसद छोड्ने चेतावनी दिएपछि सत्तापक्ष लचक भएको हो ।

सत्तापक्ष लचक भएपछि अब निलम्वन शब्द नराखी संसद नियमावली पेस हुने भएको हो । सभामुख कृष्ण बहादुर महराको पहलमा प्रतिपक्ष र सत्तापक्षबीच भएको छलफलपछि यस्तो सहमति भएको हो ।

संसद बैठक अहिले बसीरहेको छ । जारी बैठकमा प्रतिनिधि सभा बैठकमा संसद नियमावली मस्यौदालाई निर्णयार्थ प्रस्तुत हुने बताइएको छ । गत महिना यो मस्यौदा संसदमा प्रस्तुत भएपनि सांसद निलम्बन हुनुपर्ने प्रावधान समेट्न माग गर्दै तात्कालिन एमाले सांसदले संशोधन दर्ता गरेपछि मस्यौदाले अन्तिम रुप पाउन सकेको थिएन ।

निलम्बन शब्द नराख्ने तर, त्यो शब्दको अर्थ लाग्ने अरु सबै शव्द राख्ने गरी सहमति भएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए अनुसार फौजदारी अभियोग लागेका सांसद निलम्बनमा नपर्ने गरी नियमावली पारित गर्ने सहमति भएपछि मस्यौदा निर्णयार्थ प्रस्तुत गर्न लागिएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्