Logo

सरकारविरुद्ध आज पनि नेविसंघको प्रर्दशन

सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएको आरोपमा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघले आज पनि प्रर्दशन गरेको छ । नेविसंले आज बिहान काठमाण्डौको त्रिचन्द्र कलेजबाट सरकारविरुद्ध नाराबाजी सुरु गरेको हो ।

गत शुक्रबार नेविसंघले काठमाडौं जिल्ला प्रशान कार्यालयमा अगाडी अर्धनग्न प्रदशर्न समेत गरेको थियो । हिजो काठमाण्डौमा प्रर्दशन गर्दै नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको थियो ।

‘मूल्य बृद्धि फिर्ता गर, लोककल्याणकारी राज्य व्यवस्था कायम गर’ लगायतका प्ले कार्डसहित नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो । नेविसंघको प्रदर्शनका क्रममा यातायात आवागमन प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्