Logo

धनुष र काजोलको ‘भिआईपी २’ ट्रेन्डिगं एकमा, कतै तपाईले पो यो गज्जबको फिल्म हेर्न छुटाउनुभयो की ?

काठमाडौँ । दक्षिण भारतीय फिल्मका सुपरस्टार धनुष र काजोल देवगन अभिनित बहुप्रतीक्षित फिल्म ‘भिआईपी २’ ट्रेन्डिगंमा परेको छ । धनुष र काजोलको टकराबले भरीएको फिल्ममा गरिब र धनीको अन्तरलाई देखाइएको छ । जुन फिल्ममा काजोल भिलेन बनेकी छिन् ।

फिल्मका हिरो रघुवरनको कहानी देखाइएको छ, जो आफ्नी पत्नी र पितासँग खुशीमय जिन्दगी विताइरहेका हुन्छन् । यस्तैमा रघुवरनको बाटोमा एक नयाँ दुश्मन वसुन्धरा आउँछिन् । वसुन्धराको भूमिका काजोलले निर्वाहा गरेकी छिन् । सौन्दर्या रजनीकान्तले निर्देशन गरेको फिल्म सुपरहिट ‘भिआईपी’को सिक्वेल हो । जसको चर्चा अहिले सर्वत्र भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्