Logo

श्रीदेबिको छोरी जाह्नविको फिल्मको पोस्टर नै हिट

बलिउड अभिनेत्री स्व. श्रीदेवीकी छोरी जाह्नवी कपुरको पछील्लो समय एक स्टारको झै चर्चा हुन थालएको छ । उनको डेब्यू चलचित्र धडकको नयाँ पोस्टर सार्वजनिक भएको छ । नयाँ पोस्टरमा जाह्नवी र इशान खट्टर एक अर्कालाई रंग लगाउँदै गरेका निकै सुन्दर देखिएका छन् ।


धडक मराठी चलचित्र सैराटको हिन्दी रिमेक हो । मराठी चलचित्रमा आकाश ठोसर र रिंकु राजगुरुले मुख्य भूमिका निभाएका थिए । २०१६ मा आएको सैराट मात्रै ४ करोड लगानीमा बनेको थियो र यो चलचित्रले ११० करोड कमाइ गरेको थियो । यो सय करोड कमाउने एकमात्र मराठी चलचित्र हो ।

उक्त चलचित्रको पछिल्लो समय रिलिज भएको पाँचौं पोस्टर निकै चर्चामा छ । यसअघि यो श्रीदेवीको मृत्युपछि रिलिज भएको पोस्टर भएकोले निकै चर्चा पाएको हो । श्रीदेवीले आफ्नी छोरीलाई ठूलो पर्दामा हेर्ने सपना भएको बताए पनि उनको यो सपना पूरा हुन भने पाएन । यो चलचित्र अर्को महिना २० जुलाइमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्