Logo

अशोक दर्जीको घर निर्माणमा ‘युट्युवर’ हरुले यसरी दिए आर्थिक सहयोग, के भने टंक बुढाथोकीले ? (भिडियो)

काठमाडौं – पछिल्लो समय सामाजिक सञ्जालमा आफूले गाएको गीतका कारण गायक अशोक दर्जी निकै चर्चामा छन् । संगीतकार टंक बुढाथोकीसँग उनले गाएको गीत ‘धन हुनेको मन ठुलो कि मन हुनेको धन’ सामाजिक सञ्जालमा निकै भाइरल बन्न पुग्यो । यससँगै संगीतकार टंक बुढाथोकी लगायतले झापाका स्थायी बासिन्दा अशोकका लागि घर बनाउने अभियान पनि थालेका छन् । अशोकले गाएको गीतको भिडियो आफ्नो युट्युव च्यानलमा राखेर धेरैले पैसा पनि कमाए । तर, केही युट्युवरहरुले आफूहरुले अशोकको गीतले त्यति पैसा कमाउन नसकेकता पनि अशोकको घर बनाउनमा सानोतिनो आर्थिक सहयोग गरेका छन् । शुक्रबार केही युट्युवरहरु भेला भएर संगीतकार टंक बुढाथोकीको उपस्थितिमा अशोकलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । वैकुण्ठ पराजुली, केशव खड्का, उत्सव रसाईली,नमराज भण्डारी लगायतले अशोकलाई आर्थिक सहयोग गरेका छन् । उनीहरुले आफूहरुले अशोकको भिडियोबाट मात्रै होईन व्यक्तिगत तर्फबाट पनि सहयोग गर्ने बताए । आज आफूहरु थोरै भएतापनि अन्य युट्युवरहरुले पनि सहयोग गर्ने जानकारी गराए । पत्रकार उत्सव रसाइलीले घर बनादा बनाउदै कही कतै कुनै काम रोकिएमा आपूmहरु सहयोग गर्न सँधै तत्पर रहेको जानकारी गराए । युट्युवरहरुको सहयोगलाई संगीतकार टंक बुढाथोकीले धन्यवाद समेत व्यक्त गरे । उनले आउदा दिनमा सहयोगको आबश्यक्ता परेपछि पुनः आग्रह गर्ने जानकारी गराए । संगीतकार बुढाथोकीले अशोक यो ठाँउसम्म आईपुग्नुमा युट्युव र अनलाइनको महत्वपूर्ण योगदान भएको प्रष्ट पारे ।
भिडियो हेर्नुसः

प्रतिक्रिया दिनुहोस्