Logo

सबैभन्दा महँगो औठी लगाउने अभिनेत्रीको लिस्टमा सोनाम कपुर! यति रहेछ औठीको मूल्य !

सोनम कपूरले ८ मेमा दिल्ली बेस्ड बिजनेसम्यान आनन्द आहूजासँग विवाह गरेकी छिन् । मंगलवार बेलुका मुम्बईमा नै रिसेप्शन पार्टी राखिएको थियो । खबर अनुसार एक रिसेप्शन दिल्लीमा पनि हुन सक्छ । अहिले रिसेप्शन र विवाहको निकै भिडियो भाईरल भईरहेको छ । खबर अनुसार सोनम र आनन्दको स्वयम्बर भने २-३ महिना पहिले नै भएको थियो । सोनमले विवाहमा लगाएको औठीको तस्वीर हालै सार्वजनिक भएको छ ।

सूचना अनुसार सोनमको यस स्वयम्बरको औठीको मूल्य ९० लाख बताईएको छ । यसैको साथ सोनमको स्वयम्बरको औठी अभिनेत्रीहरुले लगाएको सबैभन्दा महँगो औठीमा समावेश भएको छ । पछिल्लो वर्ष डिसेम्बरमा विराट कोहलीले अनुष्का शर्मालाई स्वयम्बरमा १ करोड मुल्य बराबरको औठी लगाईदिएका थिए । सोनमको हुने श्रीमान आनन्द ‘शाही एक्सपोर्ट्स’ को म्यानेजिंग डायरेक्टर हुन् । यस कम्पनीको एक वर्षमा टर्नओवर करीब ३ हजार करोड रुपैया रहेको छ । केही समय पहिले आनन्दको पिता हरीश आहूजाले दिल्लीको पृथ्वीराज रोड एरियामा १७३ करोडको बंगला खरिद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्