Logo

बलिउडका किङ्ग खान भनेर चिनिने अभिनेता शाहरुख खान फिल्म जेराे, शाहरुख खानलाई पर्दामा पुड्काे देखाउने जिम्मा ४०० जनालार्इ

बलिउडका किङ्ग खान भनेर चिनिने अभिनेता शाहरुख खान यतिबेलो फिल्म जेरो को छायाँकनमा व्यस्त छन् । शाहरुख यस फिल्मको छायाँकनका लागि अमेरिकामा छन् । खबरअनुसार फिल्मको क्लाइमेक्सको छायाँकन अमेरिकाको नासामा गरिँदैछ ।

फिल्ममा शाहरुख एक पुड्का पात्रको भूमिकामा छन् । उनलाई पुड्काे देखाउनका लागि ४०० व्यक्तिको समूह विशेष तयारीमा जुटिसकेको छ । शाहरुखको प्रोडक्सन कम्पनी रेड चिल्लिज इन्टरटेन्मेन्टले फिल्मको भिएफएक्स (VFx)को जिम्मा लिएको छ । यस फिल्मका लागि ४०० जना भिएफएक्स आर्टिस्टहरुले काम गरिरहेका छन् ।

यो बाहेक अमेरिकाको स्टुडियोबाट समेत केही भिएफएक्स आर्टिस्टहरुलाई बोलाइएको छ ।

खबर अनुसार यस फिल्मको जम्मा बजेटबाट ७० करोड रुपैयाँ स्पेशल इफेक्टका लागि मात्र खर्च गरिनेछ । जसका कारण शाहरुखको यो फिल्म ‘बाहुबली’ पछि स्पेशल इफेक्टमा बढी लगानी गरेर तयार पारिएको दोस्रो महँगाे फिल्म हुने बताइएको छ ।

फिल्म जेरो मा शाहरुख खानका साथै अभिनेत्री अनुष्का शर्मा र कट्रिना कैफ रहेका छन् । आनन्द एल रायको निर्देशनमा बन्न लागेको यो फिल्म २०१८ को डिसेम्बर २१ मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्