काठाडौँ – पित्तबाहिनीनलीको क्यान्सरका कारण मृत्युसंग संघर्ष गरिरहेका वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको दुवै मृगौला समेत फेल भैसकेको चिकित्सकहरुले बताएका छन् ।
पित्तनलीको क्यान्सरका कारण शरीरमा फैलिएको टक्सिनका कारण डाक्टर देवकोटाको मृगौला फेल भएको हो । मृगौला फेल भएपछि डा देवकोटालाई डायलाइसिस गर्न सुरु गरिएको छ ।
हालसम्म डा देवकोटाको ४ पटक डायलाइसिस भइसकेको समेत चिकित्सकको भनाइ छ। डा देवकोटालाई न्युरो अस्पतालको आइसियुमा नै बनस्थलीस्थित किड्नी सेन्टरबाट आएका टोलीले डायलाइसिस गरिरहेका छन्। मृगौलाको उपचारमा भने किड्नी सेन्टरका डाक्टर ऋषिकुमार काफ्ले र त्रिवि शिक्षण अस्पतालकी डाक्टर दिव्या सिंह शाह संलग्न छन्।
मृगौला फेल भएपछि डाक्टर देवकोटाको स्वास्थ्य स्थिति थप गम्भीर बनेको छ । यही कारण उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
प्रतिक्रिया