Logo

अनुशासनहिन काम गर्ने प्रहरी जवानको जागीर चट

ओखलढुंगा – ओखलढुंगामा एक प्रहरी जवानको जागीर चट भएको छ । जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा कार्यरत प्रहरी जवान फिदा हुसैनको जगीर गएको हो । उनले बारम्बार डिउटी समय मै अनुशासनहिन काम गरेको भन्दै जागीरबाट निकालिएको प्रहरी प्रमुख अनन्तराम शर्माले बताए ।

हुसैनले डिउटीका समयमा प्रहरी संगठनकै बद्नामी हुने हिसाबले विभिन्न गतिबिधी गरेकाले उनलाई संगठनबाट निकाल्न माथिल्लो निकायमा पत्राचार गरिएको शर्माको भनाई छ । शर्माले भने , ‘हुसैनले बारम्बार अनुशासन बिपरितका काम गरिरहे , हामीले उनलाई पटकपटक सम्झायौ र आन्तरीक कारबाही पनि गर्याै तर केही नलागेपछि यस्तो गर्न बाध्य भएका हौ ’ ।

उनले गरेको बद्नामीको बिषयमा भने शर्माले खुलाउन चाहेनन् । प्रहरी संगठन भित्र त्यस्ता एकदुई जनाको बद्मासीले सिंगो संगठनकै बद्नाम हुने भएकाले बेलैमा सचेतना अपनाईएको प्रहरी प्रमुख शर्माले बताए । प्रहरीको संगठनमा रहेर अनुशासनहिन काम गर्ने अन्य २० भन्दा बढीलाई समेत आन्तरीक कारबाही गरिएको प्रहरीले जनाए ।

प्रतिक्रिया दिनुहोस्