Logo

बाबुद्वारा १२ वर्षीय छोरालाई छुरा प्रहार गरी हत्या

भक्तपुर – चाँगुनारायण नगरपालिका–५ खरिपाटी घर भई हाल भक्तपुर नगरपालिका– १० कमलविनायक बस्ने ३५ वर्षीय पलमान गिरीले आफ्नै छोराको हत्या गरेका छन् । अाइतबार गिरीले १२ वर्षीय छोरा प्रतिकलाई छुरा हानेर घाइते बनाएका थिए । उनको काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको हाे ।महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेका अनुसार प्रहरीले पहलमानलाई पक्राउ गरी थुनामा राखेकाे छ ।

प्रतिक्रिया दिनुहोस्