Logo

परमाणु युद्धको धम्की दिने किम हतियार छोड्न राजी

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ – उनबीच ऐतिहासिक शिखर वार्ता सफल भएको छ । अमेरिकालाई परमाणु युद्धको धम्की दिने किम जोङ – उन अब परमाणु हतियार छोड्नको लागि राजी भएको स्रोतले जनाएको छ ।

नेता किमले आणविक नि: शस्त्रीकरणमा पूर्णरुपमा प्रतिबद्ध गरेको बदलामा राष्ट्रपति ट्रम्पले प्योंगयांगलाई सुरक्षा दिने ग्यारेन्टीको साथ हस्ताक्षर गरेका छन् । उक्त सहमतिपत्रले उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच नयाँ सम्बन्ध स्थापनाको वाचा पनि गरेको छ। ‌ट्रम्प र किमबीच नयाँ सम्बन्ध बनाउदै विगतलाई पछाडि छोड्ने सहमति भएको जनाएको छ । वार्तापछि ट्रम्प र किम निकै खुसी देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्