Logo

अन्तत: पहिलो पटक मिडियामा मेनुका र पूजा, भयो भनाभन…(हेर्नुहोस् भिडियो)

एसएलसी दिन सदरमुकाम आएको बेला पूजा बोहोरामाथि सामुहिक बलात्कार भयो । २०६८ सालको यो घटनापछि उनले अनेक कष्ट सहिन् । उनलाई रक्षा नेपालकी मेनुका थापाले आश्रय दिइन् । काठमाडौंमा ल्याएर मुद्दा लड्नेदेखि बस्न र पढ्न सहयोग गरिन् । पूजाले न्याय माग गर्दै तत्कालीन कानुनमन्त्री नरहरि आचार्यलाई पत्र लेखेपछि पूजाले थप सहानुभूति पाइन् ।

पूजाले भनेकी छन्, ‘म रक्षा नेपाल र सञ्चालक मेनुका थापाबिरुद्ध सडकमा आएकी होइन, उहाँले मलाई पर्दाखेरी साथ सहयोग गर्नुभयो । तर, जति मलाई सहयोग गर्नुभयो, त्यो भन्दा बढि अत्याचार गर्नुभयो, शोषण गर्नुभयो ।’

राति १२ बजेसम्म भाडा माझ्न लगाउनेदेखि कलेज पढ्दा खाजा खर्च समेत नदिएको उनको गुनासो छ । रक्षा नेपालकी सञ्चालिका थापाले आफूहरुलाई बलात्कार पीडित बालिका भनेर देखाएर दाताहरुबाट रकम दिने र आफन्तलाई सुविधा दिनेदेखि निजी घर जोडेको पूजा बोहोराको आरोप छ । मन्त्रालयले पूजा बोहोरालाई आइतबार बोलाएको छ । थप छानबिनको लागि यस बिषयमा हामीले मेनुका प्रधान र पूजा बोहोरालाई सगै राखेर कुराकानी गरेका छौ । थप जानकारीको लागि भिडियो हेर्नुहोस्…

प्रतिक्रिया दिनुहोस्