बिश्वकप २०१८ अन्तर्गत दोस्रो दिन आजका खेलहरु भैरहेका छन् । नेपाली समय अनुसार पौने ६ बजेबाट सुरु भएको प्रतियोगितमा पहिलो खेलमा इजिप्ट बिरुद्ध १ गोल गर्दै उरुग्वेले बिजयी यात्रा सुरु गरेको छ । त्यसै गरी आजको दोस्रो खेल इरान र मोरक्कोबीचको खेल पौने ८ बजे देखि जारी छ । त्यसैगरी आजको अन्तीम अर्थात तेसा्रे खेल राती पौने १२ बजे हुदैछ । यो खेलमा पोर्चुगल र स्पेनबीच प्रतिस्पर्धा हुने छ । आजकै तीन खेलमध्ये धेरै फूटबल फ्यानको रोजाइमा स्पेन र पोर्चुगलको खेल पर्ने निश्चि जस्तै छ ।
चर्चा गरौ बिश्वकप २०१८ मा आजको पहिलो खेलका बिषमा ।
बिश्वकपको आज दोस्रो दिनको पहिलो खेलमा इजिप्ट बिरुद्ध १ गाले गर्दै उरुग्वेले बिजयी यात्रा सुरु गरेको छ । खेलको ८९ औ मिनेटमा इजिप्ट बिरुद्ध १ गाले गर्दै उरुग्वेले बिजयी सुरुवात गरेको हो । उरुग्वेको जितमा डिफेन्डर जोसे गिमिनेजले गोल गरे । खेलभरी निकै रक्षात्मक खेल पस्केको इजिप्ट इन्जुरी समयको पहिलो मिनेटमा गोल खान पुग्यो । कार्लोस सान्चेजको फ्रिकिकमा गिमिनेजले गोल गरेका हुन् । इजिप्टका लागि उसका गोलकिपर एल सेनावीले शानदार प्रदर्शन गरेका थिए । कडा मिहनतका बिच मैदानमा लामो समय प्रतिसप्रदा गर्दै गर्दा खेल रोमाञ्चक बन्न पुगेको थियो । यस भन्दा अगाडी यिनीहरुले अहिलेसम्म जम्मा एक खेल खेलेका थिए ।
पहिलो हाफ अघिको दुवैले पाएका केहि सुवर्ण अवसरहरुलाइ गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोल रहित बराबरीमा सकीएको थियो । सन् २००६ मा भएको खेल उरुग्वेले २–० ले जितेका थियो । इजिप्ट २८ वर्षपछि पुःन विश्वपकमा छनोट भएको थियो । दुईचोटि विश्व च्याम्पियन रहेको उरुग्वेले पछिल्ला १८ म्याचमा पराजय बेहोरेको थिएन् फिफा र्यांकिङमा पनि उरुग्वे इजिप्टभन्दा धेरै अगाडि छ । उरुग्वे १४औं स्थानमा छ भने इजिप्ट ४५औं स्थानमा छ । यसकारण पनि उरुग्वेको जित हुनेमा धेरैको आशा थियो ।
अब चर्चा गरौँ आजको दोस्रो खेलको
विश्वकपको आजको अर्को दोस्रो खेललाई पनि नेपालको दृष्टीकोणमा त्यत्ति धेरै चाँसोको रुपमा हेरिएको भने देखिदैन् । यो खेलमा मोरक्को र इरान भिड्नेछन् । उनीहरूले अहिलेसम्म एकअर्का बिरुद्ध खेलेका छैनन् । फिफाको –यांकिङमा पनि उनीहरू नजिकनजिकै छन् । इरानले ग्रीस र कोसोभोसँग मैत्रीपूर्ण खेल खेल्न पाएन । त्यसले गर्दा विश्वकपमा उसको तयारी नपुगेको भन्ने टिप्पणी रहेको पाइन्छ । मोरक्को पनि सन् १९९८ अर्थात २० बर्ष पछि पहिलोपटक विश्वकपमा छनोट भएको हो ।
अब चर्चा गरौ आजको तेस्रो खेलको
राती पौने १२ बजे पोर्चुगल र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । आज हुने ३ खेल मध्ये राती पौने १२ बजे हुने तेस्रो खेल रोचक र चाखपुर्ण हुनेछ नेपाली खेलप्रेमीका लागी । किन भने पोर्चुगल र स्पेनलाई छुट्टा छुट्टै सर्मथन गर्ने नेपाली खेल प्रेमिहरु थुप्रै भेटिन्छन् । यि दुई टिम करिव ८ बर्ष पछि भिड्दैछन् । ८ बर्ष पहिले सन २०१० मा भएको यिनिहरुको बिचको खेल भने स्पेनले १–० ले जितेको थियो ।
खेलमा सर्जिओ रामोस स्पेनका तर्फबाट र क्रिस्टियानो रोनाल्डो पोर्चुगलका तर्फबाट खेल्दै गर्दा नेपालमा पनि खेलप्रेमिमा निकै उत्साह देखिनेछ ।
रामोस स्पेनका अनि रोनाल्डो पोर्चुगलका कप्तान हुन् । नेपालको हकमा रामोसका भन्दा पनि रोनाल्डोका फ्यानहरु धेरै छन् । तर यहि खेलमा तुलनात्मक छलफल गर्ने हो भने आफ्नै सहकर्मीहरु प्रतिद्धन्धी बनेर खेल्दैछन् । रोनाल्डोले आफ्नै केहि सहकर्मीहरुसँग प्रतिष्पर्धा गर्नुपर्ने छ ।
अर्ब संक्षेपमा चर्चा गरौ हिजो भएको उद्घाटन खेलको
गएराती भएको उद्घाटन खेलमा साउदी अरेबियालाई ५÷० को फराकिलो अन्तरले हराउँदै आयोजक रसियाले सन् २०१८ को विश्वकपको सुखद सुरुवात गरेको छ ।
गयराती पौने ९ बजे सुरु भएको खेलमा रसियालाई जिताउन डेनिस चेरसेबले २ तथा युरी ग्याजिन्स्की, आर्तेन जुबा र अलेक्जेण्डर गोलोविनले १ र १ गोल गरेका थिए ।
प्रतिक्रिया