Logo

चर्चित पत्रकार ऋषि धमलाबारे बन्नेको गीतमा धमला कै अभिनय…(हेर्नुहोस् भिडियो)

काठमाडौं – नेपाली पत्रकारहरुमाझ ‘हट केक’ मानिने चर्चित पत्रकार ऋषि धमलाबारे गीत तयार भएको छ । गीतमा धमलाका विषयमा दोहोरी गित मार्फत ब्यङ्ग गरिएको छ । पुरुष पात्रले धमलाको पक्षमा बोलेको छ भने महिला पात्रले ब्यङ्ग गरेको छ । राधिका हमाल र प्रदिप त्रिपाठीले गाएको गीतमा धमलाको सक्रियता र प्रबृत्तिलाई लिएर प्रसंशा र आलोचनाका शब्दहरु राखेर गीत तयार पारिएको छ । संचारकर्मी सन्तोष देउजा ठकुरीको शब्द संगीतमा तयार भएको गीतलाई संचारकर्मी सन्तोष देउजा ठकुरीले पत्रकार ऋषि धमलाको जीवनमा घटी रहेको घटनालाई गीत मार्फत उतार्नु भएको छ । आज सोहि गीतको म्युजिक भिडियो छायांकन हुदै छ । गीतको भिडियोमा ऋषि धमला र बोल माया बाट चर्चा रहेकी अन्जली अधिकारीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्