Logo

कान सुन्न नसक्ने आमाबुबाकी नेपाल टप छोरी, यस्तो छ आर्थिक अवस्था (भिडियो)

काठमाडौ – यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप गरेकी छन । छात्रा पुरीले सबै बिषयमा ए प्लस सहित ४.०० जिपीए अंक सहित एसइइ उर्तीण गरेका कारण नेपाल टप गरेको दाबी बिद्यालयले गरेको हो । अहिले सम्म ४.०० जिपीए अंक ल्याउने बिद्यार्थी अञ्जली मात्र देखिएकी छन । ‘अञ्जलीले नेपाल टप गरेको हाम्रो दाबी छ’ बिद्यालयका प्रिन्सीपल बसन्तकुमार कर्माचार्यले बताए । सानै देखि प्रतिभावान छात्रा अञ्जली छात्रबृत्तिमा अध्ययन गर्दै आएकी थिइन । उनका बुवा देबेन्द्र पुरी बहिरा छन भने आमा तुल्सी पुरी पनि बहिरा संघ बागलुङ्गमा कार्यरत छन ।

प्रतिक्रिया दिनुहोस्