Logo

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन : तपाईको आजको राशिफल : २०७५ साल आषाढ १३ गते बुधबार

ॐ नमो भगवते वासुदेवाय – सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल आषाढ १३ गते बुधबार नेपाल सम्बत ११३८ तछलाथ्व,सन् २०१८ जून २७ तारिक शुद्ध जेष्ठ शुक्लपक्ष चतुर्दशी तिथि प्रातः ७ वजेर ५९ मिनेटसम्म, ज्येष्ठा नक्षत्र विहान१० वजेर २ मिनेटसम्म,शुक्लयोग,वणिजकरण,आनन्दादियोग ध्वाँक्ष,सूर्य मिथुन राशीमा,चन्द्रमा विहान १० वजेर २ मिनेटसम्मवृश्चिक उप्रान्त धनु राशीमा ।

ॐः–राहुकालः– मध्यान्ह१२÷७ वजेबाट अपरान्ह १÷५१ वजेसम्म रहनेछ,यमघण्टायोगः–विहान६÷५५ वजेबाट ८÷३९ वजेसम्म रहनेछ,दूरमुहूर्तः–पूर्वान्ह ११÷३९ वजेबाट मध्यान्ह १२÷३४ वजेसम्म रहनेछ,यी अशुभ मुहूर्त मानिन्छ । अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३९ वजेबाट मध्यान्ह १२÷३४ वजेसम्म रहनेछ,गुली कालः–विहान१०÷२३ वजेबाट मध्यान्ह १२÷७ वजेसम्म रहनेछ, यो सामान्य मानिन्छ । गण्ड मूल अहोरात्र अशुभ ।

ॐः–सूर्योदयबाट प्रातः ६÷५५ वजेसम्म लाभ वेला,६÷५५ वजेदेखि ८÷३९ वजेसम्म अमृतवेला,८÷३९ देखि १०÷२३ वजेसम्म काल वेला,१०÷२३ देखि १२÷६ वजेसम्म शुभ वेला,१२÷६ देखि १÷५० वजेसम्म रोग वेला,१÷५० देखि ३÷३४ वजेसम्म उद्वेग वेला,३÷३४ देखि ५÷१८ वजेसम्म चर वेला र ५÷१८ वजे देखि सूर्यास्तसम्म लाभ वेला रहनेछ । ॐः–सूर्यास्तबाट ८÷१९ वजेसम्म उद्वेग वेला,८÷१९ वजेदेखि ९÷३५ वजेसम्म शुभ वेला,९÷३५ देखि १०÷५१ वजेसम्म अमृत वेला,१०÷५१ देखि १२÷७ वजेसम्म चर वेला,१२÷७ देखि १÷२३ वजेसम्म रोग वेला,१÷२३ देखि २÷३९ वजेसम्म काल वेला,२÷३९ वजे देखि ३÷५५ वजेसम्म लाभ र ३÷५५ वजे देखि सूर्योदयसम्म उद्वेग वेला रहनेछ ।’

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

मेष

अनुकुल समय अझै देखिन्न । घरयासी समस्या खासै समाधान हुने छैनन् । मध्यान्ह पछि समयमा सामान्य सुधार आउनेछ । मानसिक चिन्ता थोरै घट्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । यात्राको सम्भावना देखिन्छ ।

बृष

समय त्यति अनुकुल देखिन्न । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । आफन्तका कारण आलोचित हुनु पर्नेछ । मानसिक तनाब बढ्नेछ ।

मिथुन

मध्यान्ह पछि समयले साथ दिनेछ । नयाँ नयाँ कामको अवसर आउन सक्छ । यात्राको योजना बन्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

कर्कट

सहज रुपमा काम गर्न पाईने छैन । मुद्धा,मामिलामा विजय हात लाग्नेछ । काम गर्दा गोपनियता अप्नाउनु बढि उचित हुनेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । आफन्तबाट नै शत्रुवत व्यवहार हुन सक्छ ।

सिंह

समयमा निर्णय लिन सकिएन भने अवसर गुम्नेछ । इच्छा आकाँक्षा धेरै हुनेछन् भने परिपूर्ति कम होला । आफ्नो काममा अरुले अधिकार जमाउन खोज्ने छन् । आर्थिक तनाव कायम रहने देखिन्छ ।

कन्या

प्रातःकाल थोरै अनुकुल मध्यान्ह पछि कम अनुकुल देखिन्छ । धन सम्पतिको विषयलाई लिएर आफन्तमा विवाद बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । चिन्ता बढ्नेछ । काम गरेर अपयश मात्रै मिल्ला ।

तुला

समयको गति सगै साहास,धैर्यता र पराक्रम बढ्नेछ । उद्योग,धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । काम गरेर दाम राम्रै कमाईने छ । पढाई लेखाईमा प्रगति हुनेछ । अरुको भर नपर्नु होला ।

बृश्चिक

आफन्त बनेर धोेका दिन सक्छन् सके सम्म आर्थिक कारोवार नगर्नु होला । घर परिवारको चिन्ताले छोड्ने छैन । काम गर्न सके दाम आउनेछ । प्रतिष्ठाको ख्याल राख्नु होला ।

धनु

दुविधामा नपरि काम गर्नु होला । आज गरेका अधिकाँश काम सफल हुनेछन् । धार्मिक विश्वास बढ्ने छ । आफुमा भएको उर्जाको सदुपयोग गर्नु होला । कारोवारमा ध्यान दिनु होला ।

मकर

आफन्तका लागि धन खर्च गर्नु पर्ला । अनावस्यक घुमाई फिराई बढि हुने छ । स्वास्थ्यमा लगानी गर्नु पर्ने अवस्था आउन सक्छ । लेनदेन कारोवारमा विवाद पर्न सक्ने कुरालाई नकार्न सकिन्न ।

कुम्भ

नसोचेका ठाँउबाट धन आउन सक्छ । व्यापारबाट पनि सोचे भन्दा राम्रो आम्दानी हुने छ । आर्थिक कारोवारमा भने चनाखो रहनु होला । आफन्तबाट सहयोग साहानुभूति मिल्ने छ ।

मीन

अवरुद्ध काम अगाडि बढ्ने छन् । बादविबादमा विजय प्राप्त हुनेछ । तपाईको काम देखेर विरोधी प्रभावित हुने छन् । एउटा कामको टुङ्गो लागे पछि आर्को काममा हात हाल्नु होला ।
प्रतिक्रिया दिनुहोस्