Logo

चक्रपथ बनाउने चीनिया कम्पनीको लापरवाहीका कारण गाईहरु माथि अलकत्रा !दिउसै रक्सी पिएर प्रिन्सिपलको तमासा !

काठमाडौं – साङघाइ निर्माण ग्रुपले चक्रपथ निर्माणका लागि आवश्यक अलकत्रो प्रशोधन गरिने प्लान्ट नजिकै ३ ओटा गाई अलकत्रोले जलेर छटपटीरहेको अवस्थामा भेटिएका छन् ।

२ ओटा गाईको मृत्यु भइसकेकाले अलकत्रा प्रशोधन गर्ने कम्पनीले नै गाडेको थियो । कम्पनिले अलकत्रा राखेको ठाउँ तार वार नराखेका कारण गाईहरु त्याहा प्रवेश गरेका थिए । कम्पनीको लापरवाहीका कारण गाईहरुको मृत्यु भएको स्थानियहरु बताउछन् ।

गाईको शरीर भरी अलकत्रो टाँसिएकाले छटपटीरहेको गाईको उद्धारको लागि घटनास्थलका पुगेका दुर्गानाथ दाहालले बताए । घटना स्थलमा सामान्य उपचारपछि थप उपचारको लागि ३ ओटा गाईलाइ पशुसम्बन्धी काम गर्दै आएको स्नेहा केयरमा लगिएको थियाे ।

२ दिनको उपचारपछि अहिले गाईको शरीरबाट अलकत्रा निकालिएको र अवस्था सुधार भएको स्नेहा केयरका कपिल काफ्लेले जानकारी दिनुभयो ।

काठमाडौमा वेवारीसे छोडिएका गाई गोरु माथि समयसमयमा यस्ता घटना भैरहेको छन् भने अर्को तर्फ छाडा चौपाएका कारण दुर्घटना समेत हुने गरेका छन् । यो घटनाको छानबिन गरी दोषी माथी कारवाही गर्न सरोकारवालाले आग्रह गरेका छन् ।

केही समयमा अघि भारतमा कालोपत्रे गर्ने त्रममा सुतिरहेको कुकुर माथि नै कालोपत्रे गरिएको समाचार सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त घटनामा सडक निर्माण कम्पनीको लापरवाही देखिएको भन्दै भारत सरकारले निर्माण कम्पनीलाई कारवाही गरेको थियो ।

केही दिन अघि ललितपुतर महानगरपालिका ५ बागडोलमा समेत यस्तै प्रकृतिको घटना भएको छ । बागडोल मलपोखरीमा ५ ओटा गाई अलकत्राले जलेको छन् ।

1.1K
प्रतिक्रिया दिनुहोस्