Logo

सेनेगलसँग बराबर स्काेर रहेकाे जापान यसकारण पुग्याे ‘नकअाउट’ चरणमा, जारी विश्वकपकाे दाेस्राे चरण पुग्ने एक मात्र एसियाली राष्ट्र !

एजेन्सी

जारी विश्वकप फुटबलमा एक मात्र एसियाली राष्ट्र जापान दाेस्राे (नकआउट) चरणमा पुगेेकाे छ । बिहीबार भएकाे समूह ‘एच’काे अन्तिम खेलमा सेनेगलसँग समान स्काेर हुँदाहुँदै पनि जापान भाग्यले दाेस्राे चरण प्रवेश गरेकाे हाे ।

जापान र सेनेगलकाे गाेल, अंक सबै बराबरी भए पनि ‘फेयर प्ले’का आधारले जापानकाे भाग्य निर्धारण गर्याे । सेनेगललाई फेयर प्लेमा पछि पार्दै जापान नकआउट चरणमा प्रवेश गरेको हो । समूह चरणको अन्तिम खेलमा पोल्यान्डले जापानलाई तथा कोलम्बियाले सेनेगललाई समान १-० गोलले हराएका थिए ।

समूहकाे अन्तिम खेलमा पराजित भएर पनि जापान भाग्यमानी निस्कियाे र नकआउट चरणमा प्रवेश गर्न सफल मात्रै भएन, जारी विश्वकपकाे दाेस्राे चरणमा पुग्ने एक मात्र एसियाली राष्ट्र बन्याे जापान । कोलम्बिया समूह विजेता बन्दा जापान उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेका हुन्।

समूहमा तीन खेलबाट ६ अंक जोडेको कोलम्बिया विजेता बन्यो भने चार अंकसहित जापान उपविजेता बन्यो भने सेनेगलसँग समान अंक भए पनि जापान फेयर प्लेमा अगाडि रहेकाले उपविजेता भनेकाे हाे ।

फुटबलकाे अन्तर्राष्ट्रिय नियमअनुसार दुवै टाेलीबीच समान अंक भएमा गोल अन्तरका अाधारमा विजेता उपविजेता छान्ने गरिन्छ । गाेल पनि समान भएमा ‘हेड टु हेड’का आधारमा तथा त्यो पनि समान भए ‘फेयर प्ले’का आधारमा निर्णय गरिन्छ । जापानकाे हकमा यही भएकाे हाे ।

विश्वकप फुटबलकाे इतिहासमा जापान तेस्रोपटक नकआउट चरणमा पुगेको छ । यसअघि २००२ र २०१० मा नकआउट चरण प्रवेश गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्