Logo

फोहोरको थुप्रोमा भेटियाे शिशु, महिला प्रहरीले गराइन् स्तनपान

दक्षिण भारतको कर्नाटकमा एक महिला प्रहरी फोहोरको थुप्रोमा छाडिएको नवजात शिशुलाई स्तनपान गराइ ज्यान बचाएकी छिन् । उनकाे यस कार्यकाे सबले प्रशंसा गरेका छन् ।

भारतीय प्रहरी अर्चना केही दिनअघि आफूले जन्माएको शिशुसँग । तस्वीर: बीबीसी

उनले भनिन्, ‘मलाई मेरै बच्चा रोइरहेको जस्तो लाग्यो, मैले त्यो देख्नै सकिनँ र बच्चालाई दूध चुसाएँ ।’

उक्त बच्चा बैंगलोरको एक निर्माण क्षेत्रमा फोहोरको थुप्रोमा भेटीएका थिए । नजिकैका एक पसलेले फोहोरको थुप्रोमा उक्त बच्चालाई देखेपछि  प्रहरीलाई खबर गरेका थिए ।

अर्चना नाम गरेकी उक्त महिला प्रहरीले बीबीसीसँगको कुराकानीमा आफूले भर्खरै छोरा जन्माएको र फोहोरको थुप्रोमा नवजात शिशुलाई पहिलोपटक देख्दा नै आफ्नै बच्चाजस्तै लागेकाले स्तनपान गराएको बताएकी छन् ।

स्थानीयहरुले उक्त शिशुको नाम कर्नाटकका मुख्यमन्त्री कुमारास्वामीको नामबाट ‘सानो कुमारास्वामी’ राखेका छन् । शिशुलाई बालगृहको जिम्मा दिइएको छ भने कसले त्यसरी छाडेर गयो भनेर छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्