Logo

ग्वाटेमालामा पुनः अर्को ज्वालामुखी विष्फोट, मृत्यु हुनेको संख्या ७२ नाघ्यो (भिडियाे)

ग्वाटेमालामा फेरि ज्वालामुखी विष्फोट भएको छ । फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसेको बताइएको छ ।

Image result for Guatemala volcano

पुनः ज्वालामुखी विष्फोट भएपछि आपत्कालीन सेवाका अधिकारीले वरपरका मानिसलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी छ । आइतवार ज्वालामुखी विष्फोट भएयता कम्तिमा ७२ जनाको ज्यान गएको छ भने अन्य थुप्रै हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ज्वालामुखी विष्फोटका कारण १७ लाख मानिस प्रभावित भएका छन् । तीन हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने धेरै मानिसहरूले अस्थायी रूपमा आश्रय लिइरहेका छन् ।

Image result for Guatemala volcano

मंगलवार नयाँ विष्फोट भइरहँदा आपत्कालीन सेवाका अधिकारीले शवको खोजी गरेका थिए । यसअघि, मंगलवार ज्वालामुखीसम्बन्धी विज्ञले शुरूमा १० किलोमिटर माथिसम्म खरानी फालेको ज्वालामुखी निकट भविष्यका लागि समाप्त भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्