Logo

प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारी तीव्र, रेल र सडक सञ्जाल प्रमुख एजेण्डा बनाउने तयारी

काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण रेल र सडक सञ्जाल विस्तारमा केन्द्रित हुने भएको छ ।

परराष्ट्रमन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा तयारीलाई तीव्रता दिएको छ । यो भ्रमण मुलतः आर्थिक विकासमा नै केन्द्रित गर्ने मन्त्रालयको तयारी रहेको छ । प्रधानमन्त्रीको भ्रमणका लागि असार ५ गतेको मिति प्रस्ताव गरिएको छ । मितिबारे लगभग सहमति भए पनि दुवै पक्षले भ्रमणबारे औपचारिक रुपमा सार्वजनिक गरेका छैनन् । भ्रमणका क्रममा सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउने प्रस्ताव नेपाली पक्षले गर्ने भएको छ । चिनियाँ सहयोगमा केरुङ–काठमाडौं रेलमार्ग निर्माणको विषयमा दुई देशका अधिकारीबीच कुटनीतिक छलफल जारी रहेको बताइएको छ ।

ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा चीनसँग भएका पारवहन तथा यातायात सम्बन्धी सम्झौता कार्यान्वायनको विषयमा पनि भ्रमणमा छलफल गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्