Logo

एघार दिनपछि मुस्कानका साथ स्वदेश फर्किए राष्ट्रकवि माधव घिमिरे

काठमाडौं । भारतमा उपचाररत रहेका राष्ट्रकवि माधव घिमिरे शनिबार आज स्वदेश फिर्ता भएका छन् ।

गत बैशाख १५ गते स्वाथ्यमा समस्या देखिएर ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना भएका थिए । उनको उपचारमा सँलग्न डाक्टरहरुको सललाहमा उनको थप उपचार गर्न भारत भारत लगिएको थियो । घिमिरे नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएर घिमिरे एघार दिनपछि स्वदेश फर्किएका हुन् ।

दिल्लीमा इन्डोस्कोपी गर्दा उनको सानो आन्द्रामा सामान्य घाउ भएको पत्ता लागेको थियो । दिल्लीमा सामान्य उपचार पछि घिमिरेको दिसामा देखा परेको रगत रोकिएको परिवारले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्