Logo

आजको राशिफल : साउन १७ गते, बिहीबार

वि.सं. २०७५ साल साउन १७ गते। बिहीबार। इश्वी सन् २०१८ अगस्ट २ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ । श्रावण कृष्ण पक्ष। तिथि– पञ्चमी, ७:३७ बजेउप्रान्त षष्ठी। नक्षत्र– उत्तरभाद्रपदा, १०:३३ बजेउप्रान्त रेवती। योग– सुकर्मा, १३:०४ बजेउप्रान्त धृति। करण– तैतिल, ७:३६ बजेदेखि गर, १९:४२ बजेउप्रान्त वणिज। आनन्दादिमा छत्र योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ५:२८ बजे, सूर्यास्त– १८:५१ बजे र दिनमान ३३ घडी २७ पला। पञ्चक।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : आफन्त तथा अग्रजहरू सँग विवाद सिर्जना हुनेछ । गैर न्यायिक काम नगर्नु होला दण्ड तथा जरिवाना हुने समय रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने कर्म प्राप्तिको लागि लामो दुरीको विदेश यात्रा हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा) : आत्मबल कमजोर हुनाले बन्न लागेको काम पनि बिग्रनेछ । काम गर्दिन्छन् कि भनेर अरूको आषा नगर्नु होला । व्यापारमा प्रशस्त समय खर्चिए पनि उचित मूल्य पाइने छैन । अर्थ अभावले कामहरू प्रभावित हुनेछन् । बुवा तथा बुवा सरहका व्याक्तिहरुकको धन सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नुहोला । आफन्त तथा दाजुभाइ सँग सामान्य कुरामा मनमुटाव बढ्ने योग रहेको छ भने अध्ययनमा सफलता प्राप्त गर्न निकै समय खर्चिनु पर्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : पछि लाभ हुने कामको थालनी गर्न सकिनेछ भने शरीरमा घाउ,खटिरा तथा चोटपटकको भए रहनेछ । आफन्त सँगको लेनदेन कारोबारले शत्रुत्रा बढ्नेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्ने तथा श्रीमान् श्रीमती बिचको सम्बन्धमा उतार चढाब बढ्नेछ । बुवा आमाको स्वास्थ्य बिग्रनाले खर्च बढ्नेछ । समाजसेवा तथा राजनीतिमा जनताको साथ नपाइने हुँदा पद प्राप्तिको योग टरेर जानेछ ।

कर्कट(ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : व्यावसायिकै सन्द्रर्भमा लामो दुरीको व्यावसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकीय व्यवसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वतः स्फूर्त रूपमा अगाडि बढ्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : समयको ख्याल नगर्दा वा साना निता काममा अल्भेर बस्दा महत्त्वपूर्ण कामहरू थाती रहनेछन् । बाटो हिँड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरूको सामना गर्नु पर्नेछ । लामो समय देखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाई लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : व्यापार व्यवसायमा लगानी गर्न सकिने भए पनि आम्दानी गर्न केही समय कुर्नु नै पर्नेछ । पढाई लखोईमा प्रतिस्पर्धीहरूको अवरोधले पछि परिनेछ । आफन्त तथा जीवन साथी सँग मनमुटाव सिर्जना हुने सम्भावना रहेको छ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाव सिर्जना हुने तथा अग्रज सँग राज बाझिनेछ । सोख तथा बिलाशीताले खर्च बढाउनेछ भने आम्दानी कम हुनेछ । असम्यम् व्यवहारले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आलस्य तथा अस्वस्थताले लक्ष्यमा विलम्ब हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : मनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । आफन्त तथा साथभाईहरु सँग विवाद बढ्नेछ । शत्रुहरू लाग्नेछन् भने न्यायिक निर्णयहरू तपाईँको विपक्षमा फैसला हुनेछन् । नाफा मूलक व्यवसायमा खासै फाइदा नभए पनि सेवामुलक कामबाट नाम कमाउन सकिनेछ । अध्ययनमा समय दिन नसक्दा अरूभन्दा पति परिनेछ । माया प्रेममा नजिक भए पनि विवाद हुने योग रहेको छ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) : पति पत्नीबिचको सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभाव शाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभाव शाली व्यक्तित्व विकासमा टेवा पुर्‍याउला । अध्ययनमा उच्चता हासिल होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ । जग्गा जमिनको कारोबारले फाइदा गराउनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,डा,भे) : तपाईँ आफ्नै कारणले आफन्त तथा साथीभाइले तपाईँको साथ छाड्नेछन् । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी हुने छैन भने कृषि, पशुपालन तथा सहकारी व्यवसायमा भने मनग्गे आम्दानी हुनेछ । आफन्त सँग सानो सानो कुरामा मनमुटाव सिर्जना हुनेछ । अन्य काममा ने व्यस्त हुँदा पढ्ने लेख्ने काम थाती रहनेछ । प्रेममा अरूकै नकारात्मक टिप्पणीले शंका उब्जिनेछ । छाती सम्बन्धी समस्या आउने प्रबल सम्भावना रहेको छ ध्यान दिनुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : गन्तव्य विहीन यात्राले समस्या निम्तिन सक्छ ध्यान लिनुहोला । व्यावसायिक यात्रा हुने भए पनि उपलब्धि न्यून हुनेछ । आफन्त तथा दाजुभाइ सँग मनमुटाव बढ्नेछ । प्रेममा मनमुटाव सिर्जना हुने हुनाले आफ्नो मानिससँग भेटमा कुरा गर्दा ख्याल गर्नुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालती पक्रियामा सामेल नहुनु होला तपाईँको पक्षमा निर्णय नआउन सक्छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरू समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईँको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान लिनुहोला । साना निता घरेलु समस्याले सताउनेछ भने आफ्नो भन्दा अरूकै काममा समय बित्नेछ । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनमा सामान्य समस्या आउन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले सर्वसाधारणबाट भनेजस्तो समर्थन पाउन सन्तुलित व्यवहार गर्नुपर्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी गणेश काफ्ले ।

प्रतिक्रिया दिनुहोस्