Logo

ट्युसन पढेर साथीहरुसँग बिदा भएका निशान घाँटी थिचेर हत्या गरिएको अवस्थामा फेला परे,बालकको हत्या गर्ने दुई जना प्रहरी इन्काउन्टरमा मारिए

सिन्धुपल्चोक घर भइ हाल काडाँघारीमा बस्ने निशान खड्का आइतबार राति अपहरणमा परेका थिए । अपहरणपछि हत्या गरिएका ११ बर्षीय बालक निशान हाइल्याण्ड इंग्लिस स्कुलमा अध्ययनरत गर्थे । उनका आफन्तका अनुसार उनी काठमाडौँ–३२ सीनामंगलमा रहेको हाइल्याण्ड इंग्लिस स्कुलमा अध्ययनरत गर्ने गरेका थिए । कक्षा ६ मा पढ्दै गरेका उनी हिजो बेलुका बिद्यालयमा घर फर्किएका थिए । बिद्यालयका शिक्षकका अनुसा उनी पढाइमा मध्यम खालका बिद्यार्थी थिए । बिद्यालयको सबै पढाई सकेपछि गणित र विज्ञानको ट्युसन सकाएर बेलुका साढे पाँच बजे घर फर्किएका थिए ।

दुई जना अपहरणकारी पनि प्रहरी इन्काउन्टरमा मारिएका छन् । प्रहरीका अनुसार प्रहरी मुठभेडमा मारिएका अपहरकारीमा नुवाकोट सामरीका गोपाल तामाङ (२२ बर्ष) र सिन्धुपाल्चोक कर्थली १ का अजय तामाङ (२३ बर्ष) छन् । प्रहरीका अनुसार अपहरणकारीले सर्चका लागि गएका प्रहरीलाई हतियार प्रहार गर्न खोज्दा जवाफी कारवाहीको क्रममा उनीहरुको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्