Logo

सुन तस्कर फेरी पुलिसको फन्दामा २१ लाख ९४ हजार ५७ बारबारको सुन बरामत

नेपालमा सुन तस्कर गर्नेको सख्या बढ्दैछ सुन तस्करी गोरे लाई समाते लगातै धमा धम अन्य तस्कर बक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा तस्करी गरेर ल्याएको ४५७ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।परिसर, महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा गएका कामदार प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुने गरेको गोप्य सूचनाका आधारमा सुनसरीका २८ वर्षीय फैजाद आलमलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले विमानस्थलको मूल ढोका अगाडि शंकास्पद रुपमा हिँडिरहेका अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले आलमसँग सुनका सात थान चुरा र पाँच थान बेरुवा आंैँठी बरामद गरेको थापाले बताउनुभयो । उक्त सुनको बजार मूल्य रु २१ लाख ९४ हजार ५७ छ । अभियुक्त आलमलाई आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्