Logo

प्रहरी भन्छ ११ बर्षीय निशान हत्या प्रकरणमा भएको इन्काउन्टर सहि छ : शैलेश थापा क्षेत्री

काठमाडौं – गत आईतबार काठमाडौंको काँडाघारीबाट करिब साढे चार बजेतिर ११ वर्षीय निशान खड्काको अपहरण भयो । रातिदेखि नै अपहरणमा परेका निशानको खोजीमा जुटेको प्रहरीले उनको शब ठिमीमा बन्दै गरेको श्याम लवटको घरको जगमा भेट्टायो ।

तर, सोमबार दिउसो भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित पाइलट बाबाको आश्रम जाने जंगलमा निशानको अपहरणकारी दावी गरिएका नुवाकोट सामरीका गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थलीका अजय तामाङकोे प्रहरीसँगको मुठभेडमा मृत्यु भयो ।

भक्तपुरमा डेरा गरीबस्ने गोपाल तामाङ र अजय तामाङले बालकको क्रुर हत्या गरेका थिए । तर, प्रहरीले बालकको खोजी थालेको ८ घण्टा वित्न नपाउँदै बालकको हत्या भएको प्रहरीको ठम्याई छ ।

यसै सन्दर्भमा न्युज २४ टेलिभिजनको नियिमित प्रस्तुति ६ प्रश्नमा कुरा गर्दै प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले ११ वर्षीय निशान हत्या प्रकरणमा भएको इन्काउन्टर सहि भएको बताएका छन् ।

बाँकी भिडियोमा हेर्नुस्ः-

प्रतिक्रिया दिनुहोस्