Logo

निर्मला प्रकरण: वर्तमान प्रकृयाले निर्मलाको न्याय नहुने भन्दै छानविन समितिका एक सदस्यले दिए राजिनामा

काठमाडौं – निर्मला हत्या तथा बलात्कार प्रकरणको छानविन समितिका एक सदस्यले राजिनामा दिएका छन् । वर्तमान प्रकृयाले निर्मलाको न्याय नहुने भन्दै सो घटनाको छानविनका लागि बनेको समितिमा रहेका एक सदस्य तथा कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले सोमबार समितिबाटै राजीनामा दिएका हुन् ।

१५ दिनका लागि गृहमन्त्रालयका सहसचिव हरि मैनालीको नेतृत्वमा गठित समितिले अनुसन्धान टुंग्याइसकेको अवस्थामा थप १५ दिन समितिको म्याद थपिनु निर्मलामाथि न्याय नहुने उनको निष्कर्ष छ । टुङ्गिएको घटनाको छानविन सार्वजानीक नगरी उल्टै म्याद थप गर्नु पिडित निर्मलाका आफन्तलाई अन्याय तथा घटनालाई अन्योल बनाउँनु जस्तै भएको उनको आरोप छ ।

‘समितिको छानविन लगभग टुंगिएको छ । त्यस्तोमा प्रतिवेदन सार्वजनिक गर्नुको साटो समितिको म्याद थप्ने कार्यले निर्मलामाथि बलात्कारपछि हत्या भएको घटना सम्बन्धमा थप अन्यौल र आशंका सृजना गर्ने काम भएको छ । यसबाट निर्मलाले न्याय पाउने सम्भावनालाई पर धकेलिएको छ । न्याय प्राप्तीको कानूनी लडाईंलाई पर धकेल्ने प्रयास प्रति मेरो असन्तुष्टी रहेकाले मैले समिति सदस्यबाट राजीनामा दिएको हुँ । ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्