Logo

अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसको विवाहको तस्बिर यति महँगो रुपैयाँमा बिक्री हुने

एजेन्सी – बलिउडमा अहिले अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसको विवाहको निकै चर्चा चलिरहेको छ ।बलिउड अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसको विवाहको तस्बिर १८ करोड रुपैयाँमा बिक्री हुने भएको छ ।भारतिय मिडियाका अनुसार १८ करोड रुपैयाँमा अन्तर्राष्ट्रिय म्यागजिनसँग विवाहको तस्बिर प्रकाशन गर्न सम्झौता भएको छ । प्रियंका र निकको विवाहको तस्बिर प्रकाशनका लागि एक अन्तर्राष्ट्रिय म्यागजिनसँग २५ लाख डलर अर्थात् १८ करोड भारतीय रुपैयाँमा सम्झौता हस्ताक्षर भएको हो।

तस्बिर प्रकाशन गर्ने म्यागजिनको नाम नखुलाइए पनि यो हाइप्रोफाइल विवाहको तस्बिर प्रकाशित गर्नका लागि प्रकाशकहरु समावेश भएका थिए ।विवाह समारोह ३० नोभेम्बरदेखि २ डिसेम्बरसम्म चल्नेछ । ।उनीहरुको विवाह अर्को महिना राजस्थानको जोधपुरमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्