Logo

दुखद खबर : उर्लाबारीमा भिषण अागलागी , लाखाैंकाे क्षति (हेर्नुहोस् भिडियो)

उर्लाबारी-मोरङको उर्लाबारी भीषण आगलागी भएको छ । उर्लाबारी–७ को इटहरा रोडमा भक्तिराम अधिकारीको पसलमा आगलागी भएको हो ।आगलागीबाट अधिकारीको हेलसेल किराना पसलमा पूर्ण रुपमा क्षति भएको छ ।करिब पौने २ बजेतिर एउटा किराना पसलबाट आगलागी सुरु भएको उर्लाबारी प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागी दमक, विर्तामोड, र इटहरीबाट आएका दमकललाई आगो नियन्त्रणमा लिएका छन् । कति क्षति भयो भन्ने बिषयमा यकिन भएको छैन । घरमा कोही नभएका कारण के कारण आगलागी भएको भन्ने बारेमा पनि केही जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्