Logo

जोडिने भो कृष्ण वलिको खुट्टा, ४ लाख सहयोग दिदै शिशिर भण्डारीले महान नारी रुपाको खुट्टैमा ढोगे (भिडियो)

आफ्नो लागि आफै त संसारमा जो पनि बांचेको हुन्छ, अरुको लागि बांच्न सके मात्र जीवन अर्थपुर्ण हुन्छ । जब गरिब, दुखी र समस्यामा परेको व्यक्ति देख्छु, आमाको त्यहि भनाईलाई सम्झन्छु । अघिल्लो भिडियोमा रुकुमका कृष्ण वलिको कथा सुनेर र व्यथा बुझेर धेरैले म निकै रोएं भनेर फोन गर्नुभयो । २१ बर्षे कृष्णको जीवनमा परेको बज्रपात, त्यसमा २१ बर्षकै कृष्णकी श्रीमती रुपाको अटुट साथ र तपाईको बोलीले धुरुक्कै रुवायो भनेर धेरैले भन्ुभयो कतिले त रुदै फोन गर्नुभयो ।

नमस्कार म शिशिर भण्डारी, कृष्ण वलिको दुखद कथा तर जीवनमा कहिले पनि आफ्नो श्रीमानको साथ छोड्दिन भन्ने रुपा पुलामी मगर वलिको दरिलो वाचा समयले मलाई उनीहरुसंग भेटायो । हामीले बनाएको कृष्णको भिडियो लाखौं नेपालहरुले सेयर गर्नुभएछ । कृष्णको र रुपाको कथाले धेरैलाई छोएछ । त्यसैकारण म आज फेरी कृष्ण बसेको ठाउंमा जाने मौका मिल्यो ।यो मौका तपाई सहयोगी मन भएका नेपालीहरुले नै दिनुभएको हो ।

हामीलाई बिश्वास गरेर कृष्णको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै देश तथा बिदेशबाट सहयोगी नेपाली दाजु भाई दिदी बहिनीहरुको पठाउनु भएको ४ लाख भन्दा बढि सहयोग रकम लिएर म कृष्णलाई भेट्न गएं ।

दुई दिनमै कृष्णका लागि यति धेरै सहयोग उठिरहंदा जीवनमा फेरी अर्को पटक खुशी भएं । सांच्चै एक एक मिलेर हजार बन्छ । करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका कृष्णको परिवारमा खुशी फर्काउन आफुले सकेको सहयोग गर्ने तपाई सबै सहयोगी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई धेरै धेरै धन्यवाद ।

कृष्णको उपचारको क्रममा ७० लाख भन्दा बढि सकियो, ३५ लाख भन्दा बढि ऋणमा डुबेको कृष्णको परिवारलाई सहयोग गर्ने क्रम नरोकियोस् । सबैले अझै सहयोग गरिदिनुहोला । कृष्ण वलिको बैंक खाता नं हामीले स्क्रिनमा राखिदिएका छौं । हामी मार्फत नै सहयोग गर्न चाहनुहुन्छ भने मोबाईल नं ९८११००६९२९ मा सम्पर्क गर्नुहोला। तपाईको सहयोगको जानकारी हामी अर्को भिडियोमा दिनेछौं ।

सबैतिरबाट सहयोग रकम जुट्न थालेपछि कृष्ण, रुपा र हजुरआमा खुशी छन् । हजुरआमा ले मलाई धेरै आशिर्वाद पनि दिनुभयो । हजुरआमाको आशिर्वादले मलाई अझै यस्ता भावनात्मक कामहरु गर्न मन लागिरहोस् ।

यि २ दिन अन्य काम छोडेर कृष्णको लागि सहयोग रकम जुटाउंदैमा बिते । मैले बाचा गरेको छु कृष्णलाई कि सबैबाट सहयोग जुटाएर कृत्रिम हात खुट्टाले हिड्न र काम गर्न सक्ने बनाउंछु भनेर । यसमा तपाईको साथ रहिरोस ।कृष्णको दुखमा सबैको साथ र सहयोग रहनुमा रुपाको ठुलो हात छ । रुपाप्रति सबैको माया र सम्मानले पनि सबै सहयोग गर्न लागिरहनु भएको छ । माया र प्रेममा स्वार्थ हाबि भईरहेको समयमा रुपा मायाकी प्रतिमुर्तिकी रुपमा सबैको मनमा बसेकी छिन् । यस्ती महान नेपाली नारी रुपाप्रति मेरो पनि शिर निहुराएर ठुलो सम्मान ।

प्रतिक्रिया दिनुहोस्