Logo

मुस्लिमलाई नागरिकता नदिने कानुन भारतको तल्लो सदनबाट परित !

भारतको तल्लले सदनले नागरिकतासम्बन्धी विवादास्पद कानून पारित गरेको छ । नागरिकता दिँदा मुस्लिम समुदायका व्यक्तिलाई पक्षपात गर्ने व्यवस्था भनिएको सो कानुन पारित भएको हो । तर यो कानुन पुरै लागु हुन माथिल्लो सदनबाटपनि पास हुनुर्पछ ।

तल्लो सदनबाट पास भएको कानूनमा बङ्लादेश, पाकिस्तान र अफगानिस्तानबाट कम्तीमा ६ वर्षदेखि भारतमा बस्दै आएका हिन्दू, क्रिश्चियन र शिख धर्मावलम्बीलाई नागरिकता दिने तर मुस्लिम समुदायका व्यक्तिहरूलाई भने नागरिकता नदिने उल्लेख गरिएको अधिकारीहरूले बताएका छन् ।

नयाँ कानूनले मुस्लिम समुदायमाथि अन्याय गरेको भन्दै आलोचना भएको छ । नागरिकताका लागि धर्म विषेशलाई पक्षपात गरेकाले यो कानून विवादमा परेको हो । प्रधानमन्त्री नरेन्द्र मोदी हिन्दूवादी भएको र मुस्लिम समुदायप्रति अनुदार भएकाले यस्तो कानून आएको कतिपयको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्