Logo

घटना रहस्यमय बन्दै,हत्याको घटना बाहिर आउने संकेत देखिएसँगै बम्जन आश्रमबाट दुई महात्मा गुरु गिरफ्तार…(हेर्नुहोस् भिडियो)

काठमाडौँ : लिटिल बुद्ध भनेर प्रचार गरिएका रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा आश्रमका महात्मा गुरु भनिने सर्लाहीका गोपाल योञ्जन र मकवानपुरका इन्द्रबहादुर स्याङतान रहेका छन् ।सिन्धुपाल्चोकमा रहेको बम्जनको आश्रमबाट केहि बेपत्ता र हत्या भएको समाचार बाहिरिएपछि सिआइबीको टोली त्यहा पुगेको थियो ।सिन्धुलीस्थित बम्जन आश्रममा बुधबार देखि भएको अनुसन्धानका क्रममा दुईजनालाई सोधपुछका लागि प्रहरी कार्यालय ल्याइएको जिल्ला प्रहरी कार्यालले जानकारी दिउको छ ।

बम्जनलाई नियन्त्रणमा लिने कुनै आदेश नभएकाले माथिको निर्देशन नभएसम्म बमजनलाई पक्राउ नगरिने बताए । पछिल्लो समय बम्जमका आश्रमबारे विभिन्न घटनाहरु सार्वजनिक भएपछि अनुसन्धानका क्रममा अनुयायी सञ्चलाल वाइवाको हत्या गरिएको र अर्का अनुयायी सुरेश आले, दुई आनी चुन्मो र डोल्मो पनि सिन्धुपाल्चोक आश्रमबाट बेपत्ता भएको खुलासा भएको थियो।

प्रतिक्रिया दिनुहोस्