Logo

७ बर्षे छोरीले “आमा पिसाब गर्ने ठाउँ दुख्यो”भनेपछि ! आमाले काम गर्ने घरमै छोरीको पटक-पटक बलात्कार भएको खुलाशा (भिडियो हेर्नुस)

रामेछापकी बिनिता माझी आफ्नो ७ बर्षकी छोरी र कान्छो छोरासंग काठमाडौं, एयरपोर्ट नजिकको एउटा कोठामा डेरा गरेर बस्दै आएकी छिन् । बिनिताको श्रिमान बिष्णु माझी परिवार पाल्न खांडी मुलुकमा छन् । छोरा छोरी पाल्न, पढाउन घर भाडा तिर्न र दुई छाक टार्न श्रीमानलाई सहयोग होस भनेर बिनिताले अरुको घरमा भांडा माझ्ने र लुगा धुने काम गर्न थालिन् । पढाई छु्टी हुंदा ७ घरमा हेर्दिने कोहि नभएपछि बर्षकी छोरी बबिता माझीलाई पनि उनले आफुसंगै काममा लाने गरेकी थिईन् । बिनिताका अनुसार उनले काम गर्ने घर मध्ये एक घर थियो, तिलगंगाका ५० बर्ष माथिका राजु कडेलको ।

केहि महिनाअघि छोरी बबिताले आफ्नो संवेदनशिल अंग दुखेको भनेपछि डाक्टरलाई जचाउंदा उनी माथि पटक पटक बलात्कार खुल्यो । बिनिताले यस बिषयमा छोरीसंग कुरा गर्दा बबिताले राजु कडेलको कालो कर्तुतको पर्दाफास गरिन् । आमा छतमा लुगा धुन जांदा घर मालिक राजुले ७ बर्षे बबितालाई चक्लेट दिई फकाउंदै उनी माथि शोषण गर्ने रहेछन् । अनि यो कुरा कसैलाई नभन्नु भन्दै धम्क्याउने र फकाउने रहेछन् । यसैबिच शिशिर भण्डारी घटनाको बिषयमा बुझ्न पुगे । बिबिनताले रुदै घटनाका बारेमा बताउँदा यस्तो भयो हेर्नुस-

प्रतिक्रिया दिनुहोस्