Logo

अद्धभुत क्षमता भएकी सुजलले जितिन् यति धेरै अवार्ड ! दुनियाँ चकित, रोकिएन बुवाको आँसु ….(भिडियो सहित)

सुजल बम बहिरा हुन् । उनलाई अन्य मानिससँग कुरा गर्नका लागि साङ्केतिक भाषाको ज्ञान भएको व्यक्ति आवश्यक पर्छ या त दोभाषेको । त्यसो त उनी लेखेर पनि कुरा गर्न सकछिन् । विविध अप्ठायाराका बाबजुद पनि फरक क्षमता भएकी यि सुजल राजधानीमा जारी ‘मिस्टर एण्ड मिस एसईई २०१९’को प्रतियोगितामा आफूलाई अब्बल सावित गरिरहेकी छन् । उनी कान सुन्दिनन् र बोल्न सक्दिनन् तर पनि अन्य प्रतियोगित भन्दा कम छैनन् ।

फेसन ईरा काठमाडौंद्वारा आयोजित प्रतियोगितामा देशभरीबाट ८९ जना प्रतिस्पर्धीहरुले सहभागी भएका छन् । सहभागीेमध्ये ८८ जना सबै सपाङ्ग छन् भने सुजल अपाङ्गता असक्षमता होइन भन्ने कुरालाई पुष्टि गर्ने प्रयासरत छिन् यतिवेला । सुदुरपश्चिमको डोटी जिल्लामा स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएकी सुजलले केन्द्रीय बहिरा माबि नक्सालबाट एसईई दिएकी हुन् । विद्यालयमा हुने अतरिक्त क्रियाकलापमा सहभागी भइरहने सुजल कान नसुने पनि राम्रो नाच्छिन् ।अद्धभुत क्षमता भएकी सुजलले जितिन् यति धेरै अवार्ड ! आँखामा आसु देख्न सक्दिन, दुनियाँ चकित …..

प्रतिक्रिया दिनुहोस्