Logo

रबि लामिछानेले नै गर्दा आमहया, आफन्तको आरोप ! रबि लामिछाने माथि नै गम्भीर आरोप …… (भिडियो सहित)

चितवनको नारायणगढस्थित कंगारु होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको साथमा भेटिएको भनिएको अडियो रेकर्डका बारे चितवन प्रहरीले प्रतिक्रिया दिन अस्वीकार गरेको छ । पहिले न्युज २४ को कार्यक्रम सीधा कुरामा काम गरेका पत्रकार पुडासैनीलाई कार्यक्रम प्रस्तोता रवि लामिछानेले मानसिक यातना दिएको भन्ने विषयमा विभिन्न अनलाइनले लेखेका समाचार भाइरल हुन थालेपछि नेपालआजले चितवनका एसपी दानबहादुर मल्लसँग यसबारे कुराकानी गरेको छ ।

कुराकानीका क्रममा एसपी मल्लले कसैलाई आरोप लगाइएको अडियो रेकर्ड भए नभएको विषयमा अहिले केही पनि बोल्न नमिल्ने उल्लेख गरे । उनले भने, ‘त्यस्तो अडियो रेकर्ड भेट्टाउने को पत्रकार हुनुहुँदो रहेछ, हामीसँग पनि भेट गराइदिनुस् न ।’

पत्रकार पुडासैनी मृत्यु प्रकरणबाट बोल्नै नमानेका एसपी मल्लले अलिकति कुरा भने खोलेका छन् । उनले पत्रकार पुडासैनीको साथमा भेटिएको मोबाइल स्वीच अफ भएको अवस्थामा थियो । त्यसलाई चार्ज गरेर आफूहरुले खोलेको जानकारी दिए । उनीसँग टेलिफोनमा भएको छोटो कुराकानी जस्ताको त्यस्तैः

प्रतिक्रिया दिनुहोस्