Logo

त्रिशुली दु*र्घटना : २० जना भन्दा बढी बेपता, घाइतेहरु मिडियामा, ९ को मुत्यु…(हेर्नुहोस् भिडियो)

धादिङ – धादिङको बेनिघाटरोराङ गाउँपालिका–३, सलाङघाटबाट त्रिशूली नदीमा यात्रुबस खसेर भएको दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।त्यस्तै दुर्घटनामा परि २० जना हराइरहेका छन् ।

धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले ज्यान गुमाएकामध्ये सर्लाहीका अजय दास र विजय कुर्मीको मात्रै पहिचान खुलेको जानकारी दिनुभयो । उहाँका अनुसार ३ जनाको घटनास्थमै ज्यान गएको हो । यस्तै, दुई जनाको चितवनमा, दुई जनाको तनहुँमा, एक-एक जनाको गोरखा र पूर्वी नवलपरासीमा शव भेटिएको हो ।

दुर्घटनामा १६ जनाको उद्धार गरिएको छ । रात परेकाले हराएका २० जनाको अब शनिबार बिहानदेखि मात्रै खोजी थालिने भएको छ । खोजीका लागि सबै निकायसँग समन्यव भइरहेको उहाँले बताउनुभयो । त्रिशुली दु*र्घटना : २० जना भन्दा बढी बेपता, घाइतेहरु मिडियामा, ९ को मुत्यु…हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्