Logo

चर्चित गायक राम कृष्ण ढकाल र श्रीमती निलमले ऋण नतिरेर उल्टै शहकरीको बद्नाम गरेको भन्दै मिडियामा प्रमुख, भन्छन – अहिले पाँच करोड छ, अझै अटेर गरे ठुलो रकम हुन जान्छ……… (भिडियो सहित)

चर्चित गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाह फेरी शहकारीको झमेलामा फसेका छन । २०६६ सालमा घर किन्न लिएको ऋण नतिरेको भन्दै ललितपुरस्थित श्रीलालीगुराँस सहकारी संस्थाले सुचना निकालेपछि पुन विवादमा तानिएका हुन् ।

९ वर्ष अगाडी भैसेपाटीमा घर किन्न लिएको ऋण उक्त घर लिलाम हुदा समेत चुक्ता नभएको खुल्नमा आएको छ । सहकारीको सूचनामा ढकालले चुक्ता गर्न बाँकी रकम २ करोड ३० लाख ९७ हजार ७६१ उल्लेख गरेको छ । यस्तै ढकालपत्नी शाहले २ करोड ६२ लाख २४ हजार ८९ उल्लेख छ । सुचना जारी भएपछी गायक ढकालले भने सहकारीले आफ्नो चरित्र ह*त्या गरेको आरोप लगाएका छन ।

ढकालकी श्रीमती निलमले ९ वर्षअघि उक्त सहकारी संस्थाबाट एक करोड ८० लाख रुपैयाँ ऋण लिएकी थिइन् । उक्त ऋणको साँवा–ब्याज तिर्न नसकेपछि ०७० सालमा सहकारीले धितोमा राखिएको घर एक करोड ५० लाख मूल्यमा लिलाम गरेको थियो । लिलामी पछी बाकी रहेको रकमको ब्याज बढ्दै अहिले ढकाल दम्पतिको नाममा करिब पांच करोड ऋण हुन आएको सहकारीका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बताए । सेलिब्रिटीसंगको कारोबारको सुचना मिडियामा आएपछि सर्बसाधारणको जिज्ञाशा मेटाउन यसको बारेमा बिस्तृत जानकारी दिन सोहि शहकारीका सीइओ भण्डारीसंग गरिएको कुराकानी हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्