Logo

२ करोड नदिए परिवारलाई नै मार्ने धम्कि! स्वयंभुमा गोली चल्नु भित्रि रहस्य पर्दाफास,मेरो ज्यान खतरामा…(हेर्नुहोस् भिडियो)

काठमाडौं – प्रहरीले गोली हानेर लोप्साङ भन्ने बाबुराम तामाङलाई पक्राउ गरेसँगै रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षको आन्तरिक विवाद सतहमा आएको छ । लोप्साङमाथि गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई २ करोड मागेको र नदिए छोरीलाई अपहरण गरेर मार्ने धम्की दिएको आरोप छ ।

गाउँपालिका अध्यक्ष खड्काले वडा नं. ७ का वडाध्यक्ष सुवास बोहोराको योजनामा आफूलाई धम्की आउने गरेको आरोप लगाए । वडाध्यक्ष बोहोराले भने आरोप पुष्टि गर्न चुनौती मात्र दिएनन्, गाउँपालिका अध्यक्षबाट आफू र उपाध्यक्ष असुरक्षित भएको बताए ।

खड्काको आरोप : योजनाकार वडाध्यक्ष हुन्

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले जारी गरेको विज्ञप्तिमा लोप्साङलले लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्कालाई दुई करोड दिएर ज्यान मार्ने धम्की दिएको उल्लेख छ ।

खड्काले भने वडा नम्बर ७ का वडाध्यक्ष सुवास बोहराको ग्रान्ड डिजाइनमा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै अध्यक्ष खड्काले भने, ‘बोहरासँगको आन्तरिक विवादका कारण म र छोरा–छोरीलाई समेत बारम्बार ज्यान मार्ने धम्की आउने गरेको थियो ।’

प्रतिक्रिया दिनुहोस्