Logo

आयो सालिकरामको अन्तिम भिडियो….(भिडियो सहित)

केहि समय अगाडी चितवनमा आ*त्मह*त्या गरेका पत्रकार शालिकराम पुडासैनीले आफुले आ*त्मह*त्या गर्नुअघि रेकर्ड गरेको भिडियो अन्तत सार्बजनिक भएको छ । उनले संसार छोड्नु अगाडी आफ्नो श्रीमती, आमा बुबा र सर्बसाधारणलाई रुदै भिडियो संदेश छोडेका छन।

प्राप्त भिडियो अनुसार न्युज ट्वान्टीफोका युवराज कँडेल, रवि लामिछाने र एक युवतीको कारण आफु आ*त्मह*त्या गर्न बाध्य भएको बताएका छन । उनीहरुले दिएको मानशिक र शारीरिक यातना साहना नसकेर यो निर्णय लिएको भिडियोमा स्पष्ट भनेका छन । उनले रबि लामिछानेलाई गम्भीर आरोप समेत लगाएका छन ।

उनले भिडियोको अन्तिममा आफ्नो श्रीमतीलाई अर्को बिबाह गर्न समेत अनुरोध गरेका छन । त्यसै गरी आमा बुबासंग पनि दुई हात जोडेर माफी मागेका छन । यो एक्स्क्लुसिभ भिडियो नेपाल आजलाई प्राप्त भएको हो । यदि नेपाल प्रहरी वा अन्य निकायलाई अनुसन्धानका लागि आवश्यक परे उपलब्ध गराउन तयार रहेको पनि नेपाल आजले प्रतिबद्धता जनाएको छ । यहाँ राखिएको भिडियोमा केही व्यक्तिगत कुरासमेत रहेकोले केही अंश गोप्य समेत राखिएको नेपाल आजले बताएको छ । आ*त्मह*त्या गर्नु अगाडी पत्रकार शालिकरामले रेकर्ड गरेको नेपाल आजलाई प्राप्त एक्स्क्लुसिभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्