Logo

मेरो छोरा भेट्न दे भन्दै रविको आमा रुदै चितवन जिल्ल्ला अदालत अगाडी ! उर्लियो जनसागर…..(भिडियो सहित)

टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका लामिछानेसहित ३ जनालाई हिजोबाट लागू हुने गरी जिल्ला अदालत चितवनले ५ दिनको म्याद थप गरेको हो । पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धान गर्न न्यायाधीश विनोदकुमार शर्माले म्याद थपको अनुमति दिनु भएको हो ।

बिहीबार साँझ काठमाण्डौबाट पक्राउ गरेर चितवन ल्याइएका लामिछानेलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो । घटनाका बारेमा कसरी अनुसन्धान अघि बढाउने भन्ने विषयमा जिल्ला अदालत चितवनमा विभिन्न ४ वटा विकल्पमा बहस भएको थियो । लामिछानेको तर्फबाट बहस गर्नुभएका वकिल सुनिल पोखरेलसहितको टोलीले पुडासैनीले आत्महत्या गर्नुमा रवि लामिछानेले दुरुत्साहन गरेको प्रमाण नरहेकाले थुनामा नराखी अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्