Logo

केहि छिनमै सन्नी लियोनीले नेपाली भूमिमा पाइला टेक्दै, सन्नी लियोनी अत्याधिक खुसि…(हेर्नुहोस् भिडियो)

बलिउड अभिनेत्री सन्नी लियोनी आज नेपाल आउदै छन् । नेपाली चलचित्र “पासवर्ड”मा आइटम डान्सरका रुपमा अभिनय गरेकी सन्नी उक्त चलचित्रको प्रिमियर शो का लागि आज नेपाल आउदै छिन् ।

सन्नी आज दिँउसो नेपाल आइपुग्ने कार्यक्रम रहेको चलचित्रका प्रेस संयोजक दिनेश सिटौलाले जानकारी दिए। सिटौलाका अनुसार बिहीबार साँझ काठमाडौंको कुमारी हलमा आयोजना गर्न लागिएको प्रिमियर शो मा सन्नी लियोनी उपस्थित हुनेछिन्।

सम्राट बस्नेतको निर्देशन तथा विक्रमदास जोशी, हिरल जोशी र अमित बस्नेतको लगानी रहेको फिल्ममा २ करोड पारिश्रमिक लिएर सन्नीले अभिनय गरेकी छन्।
अधिकांश दृष्य नेपाल र लण्डनमा छायाँकन गरिएको फिल्ममा अनुपविक्रम शाही, बुद्धि तामाङ, विक्रमदास जोशी, प्रविन खतिवडालगायतको अभिनय छ। सन्नी लियोनी नेपाल आउदा एकदमै खुशी रहेको उनले बताईन् । केहि छिनमै सन्नी लियोनीले नेपाली भूमिमा पाइला टेक्दै, सन्नी लियोनी अत्याधिक खुसि…हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्