Logo

यसरी मनाइयाे चर्चित सञ्चारकर्मी रवि लामिछानेकाे जन्मदिन ….(हेनुहोस् भिडियो)

काठमाडाैं – चर्चित सञ्चारकर्मी रवि लामिछानेको ४४ औं जन्मदिन मनाइएको छ । न्युज २४ कर्मीहरुले पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा उहाँको जन्मदिनलाई उत्सवमय रुपमा मनाएका हुन् ।

भक्तपुरको नगरकोटमा जन्मिनुभएका लामिछाने लामो समयदेखि सञ्चारकर्मी रूपमा कार्यरत हुनुहुन्छ । उहाँले टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड पनि राखिसक्नु भएको छ।

उहाँले पछिल्लो समय न्युज २४ को लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरिरहनु भएको छ । उहाँले कार्यक्रममार्फत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गर्दै आउनु भएको छ । जन्मदिनको अवसरमा न्युज २४ को समाचार प्रमुख राजेन्द्रदेव आचार्य, सम्पादक मुकुन्द दाहाललगायत न्युज २४ कर्मीहरु पुष्प गुच्छासहित शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्