Logo

राजेश पायल राईको इतिहास जलेर खरानी भएपछि बोले राजेश हमाल, भगवानबाट नि गल्ति हुदो रहेछ….(हेर्नुहोस् भिडियो)

गायक राजेश पायल राईको काठमाडौंको बानेश्वर स्थित घरमा आज आगलागी हुँदा राई भने नेपालमै थिएनन् । उनी सांगेतिक कार्यक्रमका लागि युकेमा छन् । उनले अहिले सम्म सांगितिक क्षेत्रमा लागेर पाएको प्रशंसा, अवार्ड र सम्मान पत्रहरु काठमाडौं स्थित घरमा खरानी भएका छन् । परिवारका सदस्यहरुवाट आफ्नो सबै आर्जन जलेको युकेमै थाहा पाएका राईले आफुलाई अप्ठेरो अवस्थामा साथ दिएकाहरुलाई धन्यवाद दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसवुक मार्फत सबैलाई धन्यवाद दिएका छन् । उनले फेसवुकमा लेखेका छन्, यो घडिमा अहिलै घरमा आउन सकिन, सक्दिन पनि ,म सँग पेशा छ अनि बाध्यता पनि र आयोजक सँग अझै २ महिनाको कार्यक्रमको एग्रीमेन्ट छ तर यो परी स्थिती मा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग ,नेपाल प्रहरी,दमकल परिवार प्रती । यहाँ बाटै हार्दिक नमन ।।एवार्ड जले होलान तर तपाइहरुले दिएको आसिर्बाद माया ,सुझाब नजलोस । म सदा तपाइहरु कै काखमा लुट्पुटिने माम्छे

आगलागीवाट के कति आर्थिक क्षति भयो भन्ने यकिन भएको छैन । प्रहरीले घटनाको मुचुल्का उठाएको छ । तर राजेश पायलको अमुल्य सामान भने जलेर नष्ट भएको छ । उनले आफ्नो गायन क्षेत्रवाट पाएको महत्वपूर्ण मायाको चिनो र सम्मान पत्रहरु सबै जलेर नष्ट भएको छ । आर्थिक रुपले मुल्याकंन नै गर्न नसकिने दर्शक र श्रोताको सम्मान सबै जलेर नष्ट भएका छन् ।उनको घरमा भएको आगलागी पछिको भिडियो पनि सार्वजनिक भएको छ । सो भिडियोमा राईको मुख्य कोठाका सबै सामान जलेर नष्ट भएको देखिन्छ । राजेश पायल राईको इतिहास जलेर खरानी भएपछि बोले राजेश हमाल, भगवानबाट नि गल्ति हुदो रहेछ….हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्