Logo

एसिड आक्रमणमा परेकी नेपाली चेलीलाई बलिउडका कलाकारको साथ, भेट्न पुगे गायक राजु लामा…(हेर्नुहोस् भिडियो)

काठमाडौं – एसिड आक्रमणमा परेकी वीरगन्जकी किशोरी मुस्कान खातुनलाई बलिउड अभिनेता वरुण धवनले पठाएको भिडियो सन्देश सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

एसिड आक्रमणमा परी घाइते भएकी वीरगन्जकी १४ वर्षीया मुस्कान खातुन हाल काठमाडौंमा उपचारमा रहेकी छन् । अनुहार, छाती र हातका केही भाग जलेको मुस्कानको शल्यक्रियापछि स्वस्थ्यमा सुधार आएपनि पूर्णरुपमा ठीक भइसकेकी छैनन् ।

भयावह घटना व्यहोरेकी खातुनको आत्मबल बढाउन देश–विदेशबाट सन्देशहरु आइरहेका छन् । यसैक्रममा बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कृति स्यानन्ले पनि मुस्कानलाई सन्देश पठाएका हुन् । वरुण धवन मुस्कानका मनपर्ने बलिउड कलाकार हुन् ।

कृति स्यानन्ले मुस्कानकोबारेमा जानकारी पाएपछि मुस्कानसँग ‘भिडियो कल’मा कुरा गर्दा मुस्कानले आफू वरुण धवनको ‘फ्यान’ भएको बताउँदै आफ्नो सन्देश वरुणसम्म पुर्‍याइदिन आग्रह गरेकी थिइन् । एसिड आक्रमणमा परेकी नेपाली चेलीलाई बलिउडका कलाकारको साथ, भेट्न पुगे गायक राजु लामा…हेर्नुहोस् भिडियो….

प्रतिक्रिया दिनुहोस्