Logo

अध्यक्ष प्रचण्डद्वारा निर्माणाधीन क्रिकेट रङ्गशालाको अवलोकन , धुर्मुसलाइ सहयोग गर्ने

चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भरतपुर महानगर पालिका–१५ रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय किक्रेट रंगशालाको स्थलगत निरिक्षण गर्नु भएको छ । स्थलगत अवलोकन पछि अध्यक्ष प्रचण्डले रंगशाला निर्माणको कामले गति लिएकोले यसलाइ समयमै र गुणस्तिरिय निर्माण गर्न धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाइ आग्रह गर्नुभयो ।

‘यो राष्टिय गौरवको आयोजना हाे । यसलार्इ सफल बनाउन सम्पूर्ण नेपालीको दायित्व हो’–अध्यक्ष प्रचण्डले भन्नुभयो–‘यो निर्माणको लागि पार्टी र सरकारको तर्फबाट पूर्ण सहयोग रहनेछ।’ उहाँले रंगशालाको काम के कस्तो भईरहेको होला, कसरी अगाडि बढि रहेको होला भन्ने आफुलाई खुल्दुली लागेकाले पनि आज आयोजना निर्माण स्थलमै आएर निर्माण प्रगति अवलोकन गर्दा खुसी लागेको उल्लेख गर्नुभयो ।

अध्यक्ष प्रचण्डले रंगशाला निर्माणका लागि ७७ वटै जिल्लामा सहयोग समिती गठन गरेर अगाडी बढ्न कट्टेललाइ आग्रह गर्नुभयो । ‘यो राष्ट्रको आयोजना हो, यसमा हामी सबैसंगै छौं’– उहांले भन्नुभयो–‘ निर्माणमा आफ्नो पार्टी र सरकारको तर्फबाट सबै प्रकारको सहयोग हुने पुनः प्रतिबद्धता ब्यक्त गर्दछु ।’ ‘तपाईहरू निर्माण कार्यलाइ गुणस्तरिय र पारदर्सी ढंगले काम गर्दै जानुस्, यसको निर्माण सम्पन्न हुन्छ र बन्छ’– पुर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष प्रचण्डले थप्नुभयो । आयोजना निर्माणमा चितवन बासीको सबै भन्दा बढी अपनत्व हुनुपर्ने बताउदै उहांले सबैलाइ सकेको सहयोग मन फुकाएर गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्