Logo

अब हुनुस होसियार दुखत खबर : घर बनाउने कामदारले नै श्रेष्ठ दम्पतीको गरे हत्या

काभ्रे – विभत्स दम्पती हत्यामा संलग्न अभियुक्तहरुलाई ५७ दिनपछि समातिएको छ । खुर्पा र वियरको बोतल, चक्कु, ब्लेडको प्रयोले विभत्स तरिकाबाट दम्पतीको हत्यामा संलग्न भएका दुई जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ । नमोबुद्ध नगरपालिका वडा नम्बर ८ डराउनेपोखरी तल्लो हटिया घर भएका श्याम कृष्ण श्रेष्ठ र उनकी श्रीमती रुकुमायाँ श्रेष्ठको २०७६ कार्तिक २९ गते राती घरमै विभत्स हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रे र केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी) को बिशेष टोलीले हत्यामा संलग्न उदयपुर चौदण्डीगडी नगरपालिका– १० का सुमन राई र सोही ठाउँका किरण कुमार मगरलाई पक्राऊ गरि जिल्ला अदालत काभ्रेमा म्याद थप सहित अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमूख प्रहरी उपरिक्षक (एसपी) रविकुमार पौडेललले बताए । केन्द्रीय अनुसन्धान व्युरो र डिएसपी प्रहरी उपरिक्षक दिपक गिरीको १२ जना प्रहरीको टोलीलले हत्यामा संलग्न अभियुक्तलाई अनुसन्धानको क्रममा ५७ दिनपछि भेटिएको बताए ।

उनीहरुलाई मंलबार काठमाडौँ र ललितपुरबाट समातिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । अभियुक्त दुवैले ५५ बर्षका श्यामकृष्ण र ५० बर्षकी रुकुमायाँ श्रेष्ठसँग पूरानो पैसा रहेको सूचना आफूहरु यसअघि मृतकको घर बनाउन आएको बेला थाहा पाएपछि सो लुट्न पुग्दा हत्या गरिएको अनुसन्धानबाट खुलेको गिरीले बताएका छन् ।

कार्तिक २९ गते मृत अवस्थामा घरको तल्लो छिँडीमा भेटिएका श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती रुकुमायाँ श्रेष्ठको शव स्थानियले देखेपछि प्रहरीलाई खबर गरेको थिए । प्रहरीले घटनाबारे सोमबार राती धारिलो हतियार प्रहारबाट दम्पतीको मृत्यु भएको जनाएको थियो । तत्कालिन प्रहरी प्रमूख (एसपी) जयराज सोपकोटाले घटनाको प्रारम्भीक अनुसन्धानकै क्रममा पैसाको कारोबार गरिरहेको जानकारी लुटेरा समुह वा व्यक्तिलाई जानकारी भएको पैसाकै कारण उनीहरुको हत्या भएको हुन सक्ने बताएका थिए ।

क्षतविक्षत शव शिरकले छोपेको अवस्थामा प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलबाट बियरको बोतल, गाँजा र सुर्तिका धुलो छरिएको थियो । घटनाबारे अनुसन्धान गर्न तालिम प्राप्त कुकुर पनि प्रयोग गरिएको भए पनि उनीहरु हत्या गरेपछि नै भोलीपल्ट काठमाडौँ भागिसकेको पनि अनुसन्धानको क्रममा खुलेको अनुसन्धानमा संलग्न डिएसपी दिपक गिरीले बताए । श्रेष्ठ दम्पतीले बर्षेँदेखि साना किराना र मदिरा पसल सञ्चालन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्